स्याङ्जामा दाजुको कुटपिटबाट भाइको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण ५ गते २०७९ मा प्रकाशित


शव

शव

स्याङ्जा, ५ साउन/ स्याङ्जाको भिरकोटमा सामान्य विवादमा दुई जना दाजुभाइबीच कोटपिट हुदाँ भाइको मृत्यु भएको छ ।

गएराति भिरकोट नगरपालिका वडा नम्बर–३ रिजुका ४५ वर्षका श्यामबहादुर रोकाको कुटपिटबाट ज्यान गएको हो ।

५० वर्षका यामबहादुर रोकाले कुट्दा श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।



Tags: