पोखराको कालिकामा दुई घरमा चट्याङ

-


     क्लिक गण्डकी     
     भाद्र २ गते २०७९ मा प्रकाशित


चट्याङ

चट्याङ

पोखरा, २ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर २८ मा गएराति चट्याङ पर्दा दुई घरमा क्षती पुगेका छ ।

पोखरा २८ कालिकामा शिव अधिकारी र दिपक भुजेलको घरमा चट्याङ पर्दा क्षती भएको जिल्ला समन्वय कास्कीका पुर्व अध्यक्ष बैनबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार शिव अधिकारीको घरमा बन्नै नमिल्ने गरेर क्षती पुरेको र दिपक भुजेलका घरमा क्षती गरेको बताए । घरमा रहेका भाडामा क्षती पुगेको छ भने अधिकारीको घर ठाउँमा ठाउँमा चर्किएको उनले बताए ।

घरका सदस्यहरु घर बाहिर रहेको बेला भएका कारण मानिसहरुलाई भने केही नभएको उनको भनाई छ ।



Tags: