हिमानी शाह
काठमाडौं, २ भदौ/ पूर्वयुवराज्ञी हिमानी शाहलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । घाँटी दुख्ने समस्या निको नभएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।
साउन २४ गते हिमानी ट्रष्टको कार्यक्रममा भाग लिन अस्ट्रेलिया गएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बुधबार नेपाल फर्किएकी थिइन् ।
स्वास्थ्यमा थप सुधार नभएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ ।