पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ
पोखरा, ३१ साउन/ पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना हुनुभएको छ । सोमबार बेलुका अकस्मात् छातीमा समस्या देखिएपछि उहाँलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो ।
जिसीको आइसियु कक्षमा उपचार भइरहेको डा बुद्धि बहादुर थापाले जानकारी दिनुभयो । छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो की भनेर आइसियुमा राखेर उपचार सुरु गरेका थियौ, मुटुको समस्या रहेनछु, डा थापाले भन्नुभयो ।
पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएकोले सोहीअनुसार उपचार भइरहेको डा। थापाले बताउनुभयो ।
पूर्व मेयर जिसी अस्वस्थ भएको थाहा पाएपछि महानगरका मेयर धनराज आचार्यले अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
ुचेस्ट पेन भएपछि पूर्व मेयर मानबहादुर जिसी ज्यू अस्पतालमा भर्ना हुनुभएको रहेछ, उहाँ बोल्न सक्ने अवस्था मै हुनुहुन्छ ।
उपचारमा संलग्न डाक्टरहरूले अवस्था सामान्य छ, मुटुको समस्या होइन भन्नुभएको छु, मेयर आचार्यले भन्नुभयो।
जिसीसँग एक छिन दोहोरो कुराकानी भएपछि स्वास्थ्य लाभको कामना गरेर आफू फर्किएको मेयर आचार्यले बताउनुभयो ।