कास्कीकोटमा शनिबार दहीको होली

-


     क्लिक गण्डकी     
     श्रावण ३१ गते २०७९ मा प्रकाशित


कास्कीकोटमा शनिबार दहीको होली

कास्कीकोटमा शनिबार दहीको होली

पोखरा ३१ साउन/ श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा महानगरपालिका २४ कास्कीकोटमा दहीको होली खेलीने भएको छ ।

भाद्र ४ गते शनिवार श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मिक क्षेत्रविकास समितिले जनाएको छ ।

गत वर्षहरुमा कोरोना कारण रोकिएको दही जात्रा यस पटक विभिन्न सांकृतिक झाँकी बाजा गाजा सहित जात्रा गरीने समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।

विगत ६ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए । भजन चुटका तथा विभिन्न झाँकी सहित कार्यक्रममा सहभागी हुन सबैलाई क्षेत्र विकास समितिले आहवान समेत गरेको छ ।

सहभागी उत्कृष्ठ समुहहरुलाई पुरस्कारको व्यवस्था गरेको उनले जानकारी दिए ।