समाचार

तनहुँको आँबुखैरेनीमा सडक भासियो, दुईतर्फी यातायात ठप्प

तनहुँको आँबुखैरेनीमा सडक भासियो
पोखरा, २७ जेठ/ पृथ्वीराज मार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर ४ ड्याम नजिक सडक भासिदा दुईतर्फी यातायात अवरुद्ध भएको छ । गएराति देखि परेको अबिरल वर्षाको कारण करिब १५ मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल बनाउन नसक्ने भएपछि सवारी साधनहरुलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको उनले बताए । वर्षाले सडक भासिएर नदीमा पुगेको छ । पुरा पढौ

पोखराका सडकबाट छाडा चौपाया नियन्त्रण सुरु, शुक्रबारबाट ढल तथा नाला सफाई अभियान

पोखराका सडकबाट छाडा चौपाया नियन्त्रण सुरु, शुक्रबारबाट ढल तथा नाला सफाई अभियान
पोखरा, २६ जेठ/ पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्नका लागि सडकमा रहेका छाडा चौपाया संकलन कार्य सुरु भएको छ । पोखरा महानगरका वरिष्ठ कानून अधिकृत नारायण प्रसाद शर्माले मेयर धनराज आचार्यको निर्देशन अनुसार बिहीबार देखि सडकमा देखिएका छाडा चौपाया हटाउने अभियान सुरु भएको जानकारी दिएका हुन् । उनले बिहीबार सेतीवारीका सडकमा रहेका छाडा चौपाया संकलन गरिएको जानकारी दिए । बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरेर कान्जीहाउसमा राखिएको छ । शुक्रबार पनि यो अभियान जारी रहने वरिष्ठ कानुन अधिकृत शर्माले… पुरा पढौ

मुख्यमन्त्री पोखरेल– संयुक्त राष्ट्र संघ सहायक महासचिव भेट, दिगो पर्यटनका लागि सहकार्य गर्ने प्रतिबद्धता

मुख्यमन्त्री पोखरेल– संयुक्त राष्ट्र संघ सहायक महासचिव, भेट
पोखरा, २६ जेठ / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्मन्त्री कार्यालयमा बिहीबार औपचारिक भेट भएको छ । उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधि लगायत सहभागी थिए । गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव… पुरा पढौ

तीन वर्षभित्र सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्छौंः मेयर आचार्य

तीन वर्षभित्र सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्छौंः मेयर आचार्य
पोखरा, २५ जेठ/ पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । नालाको शिलान्यास गर्दै मन्त्री खड्काले नाला निर्माणको काम सुरुवात गर्नु बसपार्क निर्माणकै काम सुरु भएको बताए । उनले प्रदेश सरकारले थालेपनि पोखरा महानगरले पोखरा बसपार्क निर्माण सम्पन्न गर्ने धारणा राखे । त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाई… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र पर्यटनमा जोड

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र पर्यटनमा जोड
पोखरा, २४ जेठ/ गण्डकी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र पर्यटनमा जोड दिदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार पहिलो प्रथामिकतामा स्वास्थ्य पूर्वाधार निर्माण, कृषि, रोजगारी र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउने बताए । प्रदेश प्रमुख गुरुङले प्रदेशमै मुटुरोग अस्पताल स्थापना गर्ने उल्लेख गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० शैयाको मुटुरोग अस्पताल स्थापना गरिने उल्लेख छ । त्यस गरी… पुरा पढौ

पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु

दुर्घटना
पोखरा, २४ जेठ/ पोखरा महानगरपालिका २५ हेमजामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पोखरा हेमजाका २७ वर्षीय अक्षयराज कुँवर मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । कास्कीको नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग१प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक मै पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर ३५ वर्षीय दिलिप कुँवर घाइते भएका छन् । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पुरा पढौ

पहिरोबाट दम्सादी गाउँ जोगाउन तत्काल काम गर्छौंः मेयर आचार्य

दम्सादी
पोखरा, २४ जेठ/ पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले वडा नम्बर २१ मा रहेको दम्सादीको बस्तीलाई नै जोखिममा पार्नेगरी फुर्सेखोलामा गएको पहिरोको रोकथामका लागि तत्काल काम गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार स्थानीय वडाध्यक्ष र महानगरका कर्मचारीसहित पहिरो स्थल पुगेका उनले पहिरो अवलोकन गर्दे यस्तो प्रतिवद्धता जनाएका हुन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल, वडा नम्बर २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदी, वडा नम्बर १७ की वडाध्यक्ष राधिका कुमारी शाही, पूर्वाधार विकास महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ र अन्य कर्मचारीसहित मेयर… पुरा पढौ

पोखरा महानगरपालिका १६ दीपमा सडक भासियो

पोखरा महानगरपालिका १६ दीपमा सडक भासियो
पोखरा, २४ जेठ/ पोखरा महानगरपाकिला वडा नम्बर १६ दीपमामा जमीन भासिएको छ । दीपस्थित सडकको छेउमा पानीको पाइप फुटेको स्थानमा जमिन भासिएको बताइएको छ । पोखार १ बगर देखि बाटुलेचौर जाने सडकखण्ड पर्दछ । केही वर्ष पहिले त्यस ठाउँ नजिकै पनि भासिएको थियो । पुरा पढौ

‘वातावारण जोगाऔं, विकास पनि गरौं’

‘वातावारण जोगाऔं, विकास पनि गरौं’
पोखरा, २३ जेठ/ देशैभर धेरै संघ, संस्थाले वर्षमा लाखौं विरुवा रोप्छन् । ती विरुवामध्ये आधा पनि हुर्किदैनन् । विश्व वातावरण दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रमका वक्ताहरुले यसबारे गम्भीर चिन्ता व्यक्त गरे । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयले संयुक्त रुपमा गरेको कार्यक्रमका वक्ताहरुले सामाजिक सञ्जाल भर्नमात्र गरिने कार्यक्रमले उपलब्धि नहुने टिप्पणी गरे । कृषि विज्ञ डा अनिल सुवेदीले संरक्षण नगर्ने भए वृक्षारोपण गर्दासमेत २ पटक सोच्न आग्रह गरे । उनले… पुरा पढौ

विश्व वातावरण दिवसमा मेयर आचार्यको घोषणाः तीन महिनाभित्र एक घर एक बृक्षारोपण

विश्व वातावरण दिवसमा मेयर आचार्यको घोषणाः तीन महिनाभित्र एक घर एक बृक्षारोपण
पोखरा, २२ जेठ/ पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगर भित्रका सबै घर कम्पाउण्डमा बिरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ । महानगरका मेयर धनराज अचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा बिरुवा रोप्ने घोषणा गरे । विश्व वातावरण दिवसको सन्दर्भ पारेर उनले यस्तो घोषणा गरेका हुन् । आइतवार ५० औं विश्व वातावरण दिवशको अवसरमा महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक बृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिए । त्यसका लागि वातावरण… पुरा पढौ