समाचार

तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटना

तारा एयर
पोखरा, १५ जेठ/ तारा एयरको विमानस्थानमा लेतेको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ । घाँसा भन्दा माथिले लेते र त्यस माथी लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कडेले जानकारी दिए । उनले उठान भएको १८ मिनेटपछि सम्र्पक विहिन भएको बताए । पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो । पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज दुर्घटनामा परेको हो । जहाजमा… पुरा पढौ

पोखराबाट जोमसोम उडेको हराको तारा एयरमा चालक सहति २२ जना (को को सहित )

तारा एयर
पोखरा, १५ जेठ/ पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको हो । पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो । जहाजमा चालक दलका सदस्य प्रभाकर घिमिरेले विहान ९ बजेर ५५ मिनेटमा जहाज उडाएका थिए । जहाज विहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । पोखरा–जोमसोम हवार्ई मार्गमा पर्ने घोरेपानी माथिको आकाशबाट जहाज… पुरा पढौ

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन

तारा एयर
पोखरा, १५ जेठ/ पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान आइतबार विहान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको हो । विहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थल पुग्नु पर्नेमा सम्पर्क विहीन भएको विमानस्थलका कार्यचारीले जानकारी दिएका छन् । म्यादी क्षेत्रमा विहान देखी नै हल्ला पानी परेको छ । पुरा पढौ

पोखराका मेयर धनराज आचार्यले रोपेको फुल शनिबार राति चोरी

पोखरा मेयर धनराज आचार्यले रोपेको फुल शनिबार राति चोरी
पोखरा, १५ जेठ /पोखरा मेयर धनराज आचार्यले पदभार ग्रहण गर्न आगडी पोखरा रोपेको फुल चोरी भएको छ । पोखरा ७ नुवारथोकमा रोपेको फुल शनिबार राति चोरी भएको हो । उनले रोपको फुल सहित अन्य फुलहरु पनि चोरी भएको स्थानीयले बताएका छन् । पोखरा ५ जिरोकिलोमिटर देखी ७ र ६ को हल्नचोक सम्मको डिभाडरमा पदभार ग्रहण अगाडी मेयर सहित अन्य जनप्रतिनिधिहरुले फुल रोपेका थिए । ति मध्ये केही फुल शुक्रबार राति चोरी भएको थियो भने केही शनिबार चोरी भएको छ ।… पुरा पढौ

लोकतन्त्र दिवसमा मुख्यमन्त्री पोखरेलको शुभकामना,‘सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध’

पोखरा, १५ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीका साथमा उत्पादन बढाउने र पारदर्शिताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार स्थापनादेखि नै सुशासन र समृद्धिका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् । २०६२/६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावकै कारण नेपालमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको… पुरा पढौ

बालश्रम न्यूनिकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्णः मन्त्री थापा

बालश्रम न्यूनिकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्णः मन्त्री थापा
पोखरा, १५ जेठ/ गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले बालश्रम न्यूनिकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पोखरा उद्योग बाणिज्य संघले किडासाको सहयोगमा शनिबार आयोजना गरेको श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुका लागि “शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम” लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थापाले बालश्रम न्यूनिकरण र बालबालिकालाई विद्यालय पठाउने विषयमा किडासा जस्तो संस्थाले उल्लेखनिय काम गर्दै आएको बताउनुभयो । बालबालिकाका लागि यस्ता… पुरा पढौ

पोखरा १२ का वडाध्यक्ष आमाद्वारा वडाध्यक्ष छोरालाई पद हस्तान्तरण

पोखरा १२ का वडाध्यक्ष आमाद्वारा वडाध्यक्ष छोरालाई पद हस्तान्तरण
पोखरा, १३ जेठ /पोखरा महानगरपालिकाको वडा नम्बर १२ मा कार्यवहाक वडाध्यक्ष सीता बास्तोलाले नवनिर्वाचित अध्यक्ष सन्तोष बास्तोलालाई पदभार हस्तान्तरण गरेकी छन् । कार्यवहाक वडा अध्यक्ष सीता र नवनिर्वाचित अध्यक्ष सन्तोष आफ्नै आमा–छोरा हुन् । यसअघिका वडाध्यक्ष रामबहादुर कार्की काम विशेषले देशबाहिर रहेका कारण सितालाई कार्यवहाक थिएका थिए । । उनै सीताका छोरा सन्तोष अहिलेको चुनावमा निर्वाचित भए । शुक्रबार एक कार्यक्रमका बीच आमा सीताले छोरा सन्तोषलाई फूलको बुकी दिएर कामको जिम्मेवारी हस्तान्तरण गरेकी छन् । संयोगवश उनले आफ्नै आमाको उत्तराधिकारी… पुरा पढौ

मुल्यवृद्धीका विरुद्ध थाल ठटाएर प्रदर्शन, मोटरसाइकल डो¥याएर विरोध

मुल्यवृद्धीका विरुद्ध थाल ठटाएर प्रदर्शन, मोटरसाइकल डो¥याएर विरोध
पोखरा, १३ जेठ/ पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीका विरुद्ध बिहीबार पोखरामा प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सडकमा थाल ठटाएर प्रदर्शन गरेको हो । राप्रपा कार्यकर्ताले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीका विरुद्ध मोटरसाइकल सडकमा डो¥याएका थिए । मुल्यवृद्धीका विरुद्ध राप्रपा कास्कीले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका थिए । मुल्यवृद्धी रोक्न माग राख्दै श्रृङ्खलावद्ध आन्दोलन थालेको राप्रपाले विहिबार सडक प्रदर्शन गरेको हो । खाद्यान्नको मुल्य वृद्धीले सर्वसाधारण खाद्यान्न खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै रित्तो थाल ठटाएका थिए ।… पुरा पढौ

पोखरा–२८ को सेवा केन्द्र माझठानामा बिस्तार गरिने

पोखरा–२८ को सेवा केन्द्र माझठानामा बिस्तार गरिने
पोखरा, १३ जेठ / पोखरा महानगरपालिका वडा नम्बर २८ को पहिलो बैठकले माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको छ । नव निर्वाचित वडा अध्यक्ष श्रीकृष्ण लामिछाने सहित सदस्यले पदभार ग्रहण गर्दै एकिकृत सम्पती कर संकलनको लागी माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको हो । पदभार कार्यक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष लामिछानेले भौगोलिक हिसाबले पोखरा २८ ठुलो र यातायतको समेत उपलब्ध हुन गारो रहेको हुनाले कम्तिमा पनि हप्ताको दूई दिन सम्पती कर संकलनको लागी माझठानामा सेवा केन्द्र बिस्तार… पुरा पढौ

पदस्थापनाकै दिन बानियाँको निर्णयः सार्वजनिक जग्गाको संरक्षण, आधारभूत विद्यालयको विकास

पदस्थापनाकै दिन बानियाँको निर्णयः सार्वजनिक जग्गाको संरक्षण, आधारभूत विद्यालयको विकास
पोखरा, १२ जेठ/ पोखरा महानगरपालिका वडा नं –१५ का नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुको पदस्थापना कार्यक्रम बिहीबार सम्पन्न भएको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं – १५ बाट निर्वाचित नेकपा एमालेको तर्फबाट अध्यक्ष तोरण बहादुर बानियाँ, खुल्ला सदस्यहरु आशिष भण्डारी, वलराम पौडेल, महिला सदस्य सेतिमाया गुरुङ र दलित महिला सदस्य मन्दिरा परियारको पदस्थापना गरिएको हो । पदस्थापना कार्यक्रम पश्चात आयोजित निवर्तमान जनप्रतिनिधिहरुको विदाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नव निर्वाचित वडा अध्यक्ष तोरण बहादुर… पुरा पढौ