समाचार

गण्डकीमा असार २९ गते सार्वजनिक विदा

सार्वजनिक विदा
पोखरा, २७ असार/ गण्डकी प्रदेश सरकारले असार २९ गते बुधबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीका अवसरमा सरकारले बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ । आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ । पुरा पढौ

ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्याइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्री पोखरेललको निर्देशन

पोखरा, २७ असार / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएको नागरिकस्तरबाट व्यापक विरोध आएपछि मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएको उनका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने… पुरा पढौ

पोखराको जग्गा भाडा प्रकरण छानबिनका लागि समिति गठन

पर्यटन बसपार्क पोखरा
पोखरा, २६ असार/ पोखराको जग्गा भाडा प्रकरण छानबिनका लागि समिति गठन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । पोखरा उपत्यका नगर विकास समितिले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडि जग्गा भाडामा दिएको विषयमा छानबिन समिति गठन गरेको हो । शनिबार पोखरा उपत्यका नगर विकास समिति बैठकले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बराल, एकीकृत समाजवादीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी,… पुरा पढौ

पर्यावरणीय संरक्षणलाई जोड दिदै, दुई शताव्दी पुरानो चौतारा निर्माण

चौतारो
पोखरा, २५ असार/ पर्यावरणीय संरक्षणमा जोड दिदै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरमा कृयाशिल सिलिङ्गे महिला चेतना समूहले दुई शताव्दी पुरानो सिलिङ्गे चौतारा निर्माण गरेको छ । प्राचीन कालदेखि अस्तित्वमा रहेको र करिब ३० वर्ष अघि विकास निर्माणका नाममा सिलिङ्गे चौतारा मासिएपछि उक्त स्थानको पहिचानलाई कायमै राख्ने गरी उक्त स्थानमा पुनः चौतारा निर्माण गरिएको हो । गण्डकी प्रदेश सकारको एक लाख ५० हजार रुपैयाँ सहयोगका साथै स्थानीयवासीको सहयोग समेत गरी दुई लाख ३५ हजार ५७५ रुपैयाँको लागतमा चौतारा निर्माण… पुरा पढौ

पोखरा, काठमाडौ र लुम्बिनीमा हिमालयन भीगन महोत्सव

पोखरा, काठमाडौ र लुम्बिनीमा हिमालयन भीगन महोत्सव
पोखरा, २५ असार/ हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली ज्ञान तथा सचेतनाबारे जानकारी दिन नेपालका तीन ठाउँमा ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले पोखरामा पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी दिएको छ । नेपालमै पहिलोपल्ट गर्न लागिएको महोत्सव पोखरा, काठमाडौँ र लुम्बिनीमा हुने अर्गनाइजेशनका अध्यक्ष सुरेशप्रसाद शर्माले जानकारी दिए । महोत्सवमा विश्वका विभिन्न देशका करिब २५० देखि ३०० ख्यातिप्राप्त व्यक्तिसहितका भेगन सदस्यको सहभागिता रहने बताए । तीन चरणमा हुन महोत्सवमा भदौ २८ देखि २९ गतेसम्म लुम्बिनी… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री, मन्त्री र नेताका परिवारका नाममा ट्रस्ट र स्मृतिपार्क बनाउन करोडौँ बजेट

रामजीप्रसाद बराल
विशन क्षेत्रीपोखरा, २४ असार/ गण्डकीमा मुख्यमन्त्रीदेखि मन्त्री, केन्द्रीय नेताहरूले स्वर्गीय मातापिताको नाममा ट्रस्टदेखि स्मृतिपार्क बनाउन आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा करोडौँ रकम छुट्याएका छन् । स्वर्गीय मातापिताको नाममा बजेट छुट्याउनेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि मन्त्री मेखलाल श्रेष्ठ, केन्द्रीय नेता अर्जुनप्रसाद जोशी छन् । मुख्यमन्त्री पोखरेलका स्वर्गीय पिता गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । व्यास नगरपालिका १० मा गोवर्द्धन स्मृति कोषका लागि भनेर सामाजिक विकास कार्यालय तनहुँमार्फत कार्यान्वयन हुनेगरी ५० लाख रुपैयाँ… पुरा पढौ

पोखराको जग्गा भाडामा दिने सम्झौता खारेज गर्न माग गर्दै ज्ञापनपत्र

पोखरा, २३ असार/ राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिले पोखरा उपात्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष मानबहादुर जिसीले पोखराको तीन ठाउँको जग्गा भाडादिने गरेको सम्झौता खारेजीको माग गरेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिका अध्यक्ष सुनिल पाण्डे सहितको टोलीले पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउदै सम्झौताको खारेजीको माग गरेको हो । कार्यकाल सकिनै लाग्दा अपारदर्शी र शंकास्पद तबरले पोखराका विभिन्न स्थानको ६३ रोपनी सरकारी जग्गा निजी क्षेत्रलाई दिएकोमा गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । कार्यकाल सकिनै… पुरा पढौ

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट
पोखरा, २३ असार/ पोखरामा घरमा रङलागउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङ खुडेपोखरी नजिक निमार्ण भइरहेको घरमा रङ लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर सिन्धुली घर भई हाल पोखरा १७ घारीपाटन बन्ने करिब ४० बर्षिय कृष्ण बहादुर रानामगरको मृत्यु भएको कास्कीका निमित्त प्रहरी प्रमुख सुन्दर तिवारीले जानकारी दिए । हाईटेन्सन विद्युत लाईनको तारमा छोइन गई दुई तले घरबाट खस्दा मृत्यु भएको तिवारी बताए । रानामगरको… पुरा पढौ

पोखरा पर्यटन बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

पोखरा पर्यटन बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण
पोखरा, २२ असार/ पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो । बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा पक्कैपनि उत्साह थप्ने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति र पोखरा महानगरले उक्त बसपार्कको सहि उपयोग गर्नेमा आफू विस्वस्त रहेको उनले… पुरा पढौ

जग्गा भाडामा लगाउँदा त्रुटी भए सम्झौता खारेज गर्ने अधिकार समितिलाई छः निवर्तमान मेयर जिसी

मानबहादुर जिसी
पोखरा, २२ असार/ पोखरा महानगरपालिकाका निवर्तमान मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार एक विज्ञप्ति निकालेर उनले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार भएको बताएका हुन् । उनले कुनै पनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह समेत विज्ञप्ति मार्फत् गरेका… पुरा पढौ