समाचार

पोखराको सार्वजनिक जग्गा भाडामा दिने सम्झौता रद्ध गर्न माओवादीको माग

पोखरा उपत्यका नगर विकास समिति
पोखरा, २१ असार/ नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले सरकारी जग्गा निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ । मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिँदै त्यसको छानबिन गरी कानुनी कारवाही गर्न माग गरेको छ । व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ । सबै राजनीतिक दल चुनाब केन्द्रीत गतिविधिमा रहेका बेला… पुरा पढौ

भाई कुलदीपलाई सम्झँदै रानामगरद्वारा अस्पताललाई ‘बिरामी कुरुवा बेड’ सहयोग

भाई कुलदीपलाई सम्झँदै रानामगरद्वारा अस्पताललाई ‘बिरामी कुरुवा बेड’ सहयोग
पोखरा, २१ असार / पत्रकार गिता रानामगरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ‘बिरामी कुरुवा बेड’ सहयोग गरेका छन् । स्वर्गीय भाई कुलदिप रानामगर ( अर्जुन) को सम्झनामा पत्रकार रानामगरले प्रसुती तथा स्त्री रोग भवनको शिशु वार्डमा ३ थान बिरामी कुरुवा बेड सहयोग गरेका हुन् । बिरामी करुवा बेड पत्रकार रानामगरले अस्पतालका प्रा. डाक्टर भरतबहादुर खत्रीलाई हस्तातरण गरे । सो अवसरमा बोल्दै पत्रकार रानामगरले स्वर्गीय भाईको सम्झनामा अस्पतालको शिशु वार्डमा आवश्यकता महसुस गरि राना परिवारको तर्फबाट सहगोग गरेको… पुरा पढौ

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

दुर्घटना
रामेछाप, २१ असार/ रामेछापको बेथानबाट काठमाडौं जादै गरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मंगलबार बिहान काठमाडौं जादैगरेको बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाट नजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको डीएसपी राजकुमार थिङले जानकारी दिए । प्रहरी टोली र स्थानीयले उद्धार कार्य जारी राखेको र घाइतेलाई धुलिखेल अस्पताल पु¥याउने तयारी भएको छ । पुरा पढौ

जाँदाजाँदै पोखराका मेयरले ६३ रोपनी जग्गा ठेक्कामा

पोखरा उपत्यका नगर विकास समिति
पोखरा, २१ असार/ जाँदाजाँदै पोखराका मेयरले ६३ रोपनी जग्गा ठेक्कामा लगाएको खुलासा भएको छ । कार्यकाल सकिन २ दिन बाँकी रहँदा पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले ६३ रोपनी सरकारी जग्गा ठेक्कामा लगाएको खुलेको हो । उनले राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्क र गल्फ कोर्स र पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय, कास्की नजिकै रहेको सवारी ट्रायल सेन्टरको जग्गा ठेक्कामा दिएको खुलेको हो । जेठ ५ मा मेयर जिसीको कार्यकाल सकिने थियो उनले जेठ ३ गते ठेक्कामा लगाएका छन् । गल्फ कोर्सको ४० रोपनी,… पुरा पढौ

पोखरा न्युरोडको मुद्धा जितेको जग्गामा पार्किङ बनाउदै महानगर

पोखरा न्युरोडको मुद्धा जितेको जग्गामा पार्किङ बनाउदै महानगर
पोखरा, २० असार/ पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत कास्कीले न्युरोडका कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन उपत्यका विकास समितिको हुने फैसला गरेको थियो । उपत्यका नगरविकास समितिले सोमबार उक्त जमिनमा रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकाल्नेको छ । बाँकी जमिन सम्याइएको पोखरा महानगरका… पुरा पढौ

चुनावदेखि झगडा, पछि हत्या, मेयर पक्राउ

किशोर हत्याकाण्डमा मुछिएकी मेयर अम्बिका चलाउने (माथि) र हत्या गरिएका विनोद शाही।
अछाम, २० असार/ अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर ‘विनोद शाही हत्याकाण्ड’मा संलग्न भएको आरोपमा नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । १७ बर्षिय विनोद शाही जेठ २१ गते गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउने, वडा–४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमति शाही, सोही गाउँका शिक्षक तथा मेयरमा नजिक मानिएका नेत्रबहादुर शाही, उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस्तै, वडा–४ का कर्णबहादुर शाही,… पुरा पढौ

मेयर आचार्यद्धारा पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण

धनराज आचार्य
पोखरा, १७ असार/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् । सहिदचोक स्थित कार्यालयमा विहीबार विहान ७ बजे उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले पोखरा उपत्यका नगरविकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भनेर एक महिना भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । ‘पोखरामा पोखरा उपत्यका नगरविकास समितिसंग प्रसस्त जग्गा छ । तर, के कति छ भन्ने लेखाजोखा नै राखिएको छैन र संरक्षणमा समेत ध्यान दिइएको छैन भन्ने… पुरा पढौ

पोखरामा ४६ लाख सहित तीन चिनियाँ र एक नेपाली पक्राउ

होटल ब्रज इन्
पोखरा, १६ असार/ कास्की प्रहरीले पोखराको ड्यामसाइडबाट करिब ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ गरेको छ । शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँसहित पक्राउ गरेका हुन् । पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरूले खुलाउन नसकेको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । पक्राउ पर्ने ककनी गाउँपालिका– ७ का सुमन तामाङ र तीन जना चिनियाँ नागरिकको पहिचान खुलेको छैन । पक्राउ पर्ने… पुरा पढौ

रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै

रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै
पोखरा, १५ असार/ जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ । पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेको जानकारी दिए । ‘नाला निर्माण र ग्रावेल भरेर सम्याउने काम भएसंगै बसपार्क अब हिलो र धुलो मुक्त हुँदैछ ।’ उनले… पुरा पढौ

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति
पोखरा, १४ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ । करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलले जानकारी दिए । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो । प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा रुख र पोल आकारका रुख काट्नु पर्ने छ । निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर… पुरा पढौ