
फेवाको सिल्ट्रेसन डयाम निर्माण नै कमसल–महालेखा
पोखरा, १ साउन/ फेवातालमा आउने गेग्रान, ढुङ्गा, माटो रोक्नका लागि बनाएको सिल्ट्रेसन ड्याम निमार्णका क्रममा नै स्थानीयले कमसल भएको भन्दै विरोध गरेका थिए ।
अघिल्लो वर्षका बर्षामा चार मध्ये हर्पनखोलामा निमार्ण गरेको सिल्ट्रेसन ड्याम खोलाले भत्कायो । महालेखाको उनन्साठी औ प्रतिवेदनले पनि फेवा मुहान बनाइएका सिल्ट्रेसन ड्याम कमसल भएको ठहर गरेको छ । फेवा मुहानमा बनाइएका ड्याम प्राकृतिक विपत्तिका कारणले नभइ कमसल निर्माणले भत्किएको निष्कर्ष निकालेको हो ।
वर्षेनी थुप्रिन आउने गेग्रानले फेवातालको आकार साँघुरिएपछि तालको संरक्षणका लागि पोखरा महानगरपालिकाले २८ करोड रुपैयाँ खर्चेर चारवटा ड्याम निर्माण गरेको थियो ।
हर्पन, खहरे, लौरुक र पामे खोलामा बनेका ड्याममध्ये हर्पनको ड्याम वर्षदिन नपुग्दै भत्किएको थियो । हर्पन खोलाको ड्याम कम्पनीले अहिले भने पुन निमार्ण गरी सकेको छ ।
ड्याममा संकलन भएको सामग्री झिकेर विक्रिवितरण गर्न महागनरले फेवा सिल्ट्रेसन प्रा.लि. कम्पनीलाई २४ वर्षको लागि ठेक्कामा दिइएको छ । महालेखाको प्रतिवेदनले ड्याम निर्माण गर्दा गुणस्तर निर्माणमा ध्यान नदिएको उल्लेख छ ।
२८ करोड १९ लाख ८६ हजार रुपैयाँ लागतमा बनेको ड्याम कुनै उपयोग बिना फेरि सुरुवातबाटै निर्माण गर्नुपर्ने छ । प्रतिवेदनले पनि ड्याम निर्माणको क्रममा गुणस्तरीय काम गर्नुपर्नेमा महानगरले ध्यान नदिएको बताएको छ ।