समाचार

टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो
पोखरा, २२ जेठ/ टिपर र स्कुटर ठोकिदा स्कुटर चालकको ज्यान गएको छ । शनिवार सांझ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्बरको टिपरले ग १५ प १४८४ नम्बरको स्कुटरलाई ठक्कर दिदा एक जनाको ज्यान गएको हो । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा १२ मा विज्ञान विषय अध्यनरत बन्दिपुर गाउँपालिका–१ का ईश्वर क्षेत्रीको ज्यान गएका प्रहरीले जानकारी दिएको छ । उनको निधनको खबरले उनका सहपाठी साहित संपूर्ण क्याम्पस परिवारलाई अत्यान्त मर्माहत तुल्याएको आदिकवि भानुभक्त क्याम्पसले… पुरा पढौ

रुपन्देहीको रोहिणी खोलामा यात्रु बहाक बस खस्योः ९ जनाको मृत्यु, २३ घाइते

रुपन्देहीको रोहिणी खोलामा यात्रु बहाक बस खस्योः ९ जनाको मृत्यु, २३ घाइते
भैरहवा, २२ जेठ/ रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बाहक बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो ।… पुरा पढौ

पोखराको विकासका लागि प्रदेश महानगर सँगसँगैः मुख्यमन्त्री पोखरेल

पोखराको विकासका लागि प्रदेश महानगर सँगसँगैः मुख्यमन्त्री पोखरेल
पोखरा, २१ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकास लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा शनिबार उनले प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसगै अगाडि बढ्नुपर्ने बताएका हुन् । मुख्यमन्त्री पोखरेलले भने, ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले नै हो ।… पुरा पढौ

शसक्त नमुना महिला समुह ११ औ वर्षमा, विभिन्न व्यक्तिहरु सम्मानित

शसक्त नमुना महिला समुह ११ औ वर्षमा, विभिन्न व्यक्तिहरु सम्मानित
पोखरा, २१ जेठ/ पोखरा ७ मासबारमा रहेको शसक्त नमुना महिला समुह ११ औ वर्षमा प्रबेश गरेको छ । बार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्याक्रम शुभकामना दिदै नेपाल सरकार स्वाथ्य परियोजनाका योजना विज्ञ छबि गौडेलले समुहले उत्कृष्ट काम गर्दै आएको बताए । उनले महिलाहरु एक जुटभएर काम अगाडी बढाएमा जस्तो सुकै कामलाई सहज रुपमा सम्पन्न गर्न सकिने बताए । उनले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । शसक्त नमुना महिला समुहले नवनिर्वाचित पोखरा ७ का वडा सदस्यहरु सम्मान गरेको थियो । गौडेलले… पुरा पढौ

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छः मेयर आचार्य

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छः मेयर आचार्य
पोखरा, २० जेठ/ पोखराको लामे आहालमा बन्ने प्रादेशिक बसपार्क निर्माणका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजिकरण र सहकार्य गर्ने भएको छ । महानगरका मेयर धनराज आचार्यले स्थानीयका समस्या समाधान गर्दै छिट्टोभन्दा छिटो वसपार्क निर्माणका लागि सहजिकरण गर्दै अग्रसर हुने जानकारी दिए । बिहीबार पोखरा महानगरको वडा नम्बर ३२ पर्ने लामे आहालमा प्रस्तावित बसपार्कको निरीक्षण गर्दै उनले यस्तो जानकारी दिएका हुन् । पोखराको ट्राफिक व्यवस्थापन सहज बनाउन र सहरलाई व्यवस्थित बनाउनका लागि पनि बसपार्क निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए… पुरा पढौ

पल शाहलाई पुर्पक्षको लागि थुनामै राख्ने उच्चको आदेश

पल शाह
पोखरा, १९ जेठ/ अभिनेता पल शाह पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरको पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनमा बिहीबारको आदेशले जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो । न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले थुनामै राख्ने आदेश दिएको हो । एक नाबालिग गायिका बलात्कार मुद्दामा पल शाह ३ महिनादेखि जिल्ला कारागार कार्यालय तनहुँको थुनामा छन् । तनहुँको आदेशविरुद्ध १८ चैत… पुरा पढौ

दोहोरी घरमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

जुवा तास
पोखरा, १८ जेठ/ कास्की प्रहरीले पोखराको एक दोहोरी घरमा जुवा खेल्दै गरेका ८ जनालाई पक्राउ गरेको छ । पोखराको चिप्लेढुङगामा रहेको साननानी दोहोरी घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा नगद ८४ हजार ६ सय ५० सहित ८ जनालाई पक्राउ गरेका कास्कीका प्रहरी प्रवक्ता डिसपी सुन्दर तिवारीले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थपरे… पुरा पढौ

तारा एयरको जहाज दुर्घटनाः २२ जनाकै शव र व्ल्यकबक्स भेटियो

पोखराबाट जोमसोम जादै गरेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
पोखरा, १७ जेठ/ आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाजमा सवार २२ जनाकै शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एअरको ९ एनइटी जहाज दुर्घटना भएको तेस्रो दिन बिहान बेपत्ता सबैको शव भेटिएको हो । सोमबार २१ वटा शव भेटिएको थियो भने सोमबार बिहान १ जनाको शव भेटिए सँगै २२ जनाको शव भटिएको प्रहरीले जानकारी दिएको छ । मुस्ताङको कोवाङ नाउरिकोट माथिको शिर सानुसरे पहाडको खोंचमा अड्किएर बसेका शव र पहाडको तल खोलामा छेउमा रहेको शव निकाल्न सफल… पुरा पढौ

पोखरा विमानस्थलमा तेलको ट्याङकर पल्टिएदा १ घण्टा उडान–अवतरण अवरुद्ध

पोखरा विमानस्थलमा तेलको ट्याङकर पल्टिएदा
पोखरा, १७ जेठ/ पोखरा विमानस्थलमा तेलको ट्याङकर ‘रिफ्युलर’ पल्टिएदा १ घण्टा उडान–अवतरण अवरुद्ध भएको छ । बिहान ८ बजे पल्टिएको ट्याङकरलाई क्रेनको साहेताले ९ बजे उठाएपछि उडान–अवतरण शुरु भएको विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । बिहान जहाजमा तेल भर्न आएको ट्याङकर रनअवयमा नआउदै पल्टिएको हो । आयल निगमको डिपोबाट विमानस्थल आउने क्रममा विमानस्थल परिसरभित्र ट्याङकर घाँसे मैदानमा पल्टिएको हो । केही तेल घाँसे मैदानमा बगेको थियो । पल्टिएको ट्याङकरलाई क्रेनले उठाएपछि अर्को ट्याङकरबाट तेल राखेर जहाजहरु सञ्चालनमा आएको उनले… पुरा पढौ

पोखराबाट जोमसोम जादै गरेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

पोखराबाट जोमसोम जादै गरेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
पोखरा, १६ जेठ/ शनिबार देखी हराइरहेको तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा… पुरा पढौ