पोखरामा युबतीमाथि सामूहिक बलात्कार

-


     क्लिक गण्डकी     
     श्रावण ७ गते २०७९ मा प्रकाशित


बलात्कार

बलात्कार

पोखरा, ७ साउन/ पोखरमा एक युबतीमाथि सामूहिक बलात्कार भएको छ । पोखराको लेकसाइडको एक होटलमा युवतीलाई सामूहिक बलात्कार भएको हो । इटहरी जिल्ला घर भएकी युबतीलाई २ जनाले बलात्कार गरेका हुन् ।

बलात्कारमा सम्लग्न रहेको आरोपमा नुवाकोट बेलकोटगढी १३ का मधुसुदन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपित राजु रावत भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित युवतीले असार २२ गते आफुलाई सामुहिक बलात्कार भएको जाहेरी दिएकी छन् ।

पीडित युुुवतीले काठमाडौं जिल्लाको मालीगाउँ प्रहरी वृत्तमा जाहेरी दिएपछि असार २५ गते पाण्डेलाई काठमाडौंको तारकेश्वर नगरपालिकाको मनमैंजुुबाट प्रहरीले पक्राउ गरेको छ ।

युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन्दै पाण्डेलाई पक्राउ गरी कास्की ल्याइएको छ । प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।



Tags: