पोखराको खाल्टेमसिनामा एक युवक मृत फेला

-


     क्लिक गण्डकी     
     श्रावण ८ गते २०७९ मा प्रकाशित


शव

शव

पोखरा, ८ साउन/ पोखरा महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना स्थित जागृति मार्गमा एक युवक मृत फेला परेका छन् ।
स्याङ्जाको विरुवा घर भएका १९ वर्षीय राम गुरुङ खाल्टेमसिनामा सरस्वति गौतमको घरमा डेरामा बस्दै आएका थिए ।

शनिबार राति पब्जि खेलेर बसेका उनी सुत्ने बेलामा ट्वाइलेट जान कोठा बाहिर निस्केको बताइन्छ । आइतबार बिहान घरको ट्वाइलेटको पिल्लरको रडमा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए । शवलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोष्टमार्टमका लागि रखािएको छ ।