चितवनमा श्रीमतीको हत्या गरी भाग्दा श्रीमानको पनि मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण ९ गते २०७९ मा प्रकाशित


शव

शव

साउन, ९ चितवन/ चितवनको भरतपुरमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा १० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्य (घिमिरे) लाई घरको बैठक कोठामा गम्भिर घाइते बनाएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि श्रीमान कृष्णप्रसादले घरको तीनतला माथिबाट हामफालेर भाग्न खोज्दा उनी गम्भिर घाइते भएका थिए ।

उनको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए । दुबै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

कृष्णप्रसाद वैदेशिक रोजगारीबाट डेढ महिना अघि मात्रै फर्किएका थिए । उनकी श्रीमती रुस्मा शिक्षिका हुन् । श्रीमान् विदेशबाट फर्किएदेखि नै उनीहरुबीच झगडा हुने गरेको थियो । उनीहरुको १२ वर्षीया छोरी छिन् ।



Tags: