स्वास्थ्य पत्रकार मञ्च गण्डकी पोखराको अध्यक्षमा बञ्जारा

-


     क्लिक गण्डकी     
     असार ३२ गते २०७९ मा प्रकाशित


स्वास्थ्य पत्रकार मञ्च गण्डकी पोखराको अध्यक्षमा बञ्जारा

स्वास्थ्य पत्रकार मञ्च गण्डकी पोखराको अध्यक्षमा बञ्जारा

पोखरा, ३२ असार/ पोखरामा पत्रकारहरुको एक भेलाले स्वास्थय पत्रकार मञ्च गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा यदुनाथ बञ्जारा चयन भएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा अनिसा श्रेष्ठ, कोषाध्यक्षमा पुष्प दाहाल चयन भएका छन् । सदस्यहरुमा रिना थापा, विन्दु परियार र निरज पन्त रहेका छन् ।

कार्यासमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिको उजागर र सर्वसुलभ स्वास्थ्यका लागि खबरदारी गर्न आवश्यक रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष बञ्जराले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिका विरुद्ध सशक्त कलम चालउने बताए ।