समाचार

पोखरा महानगरको मेयरमा धनराज र उपमेयरमा गुरुङ जित नजिक

पोखरा महानगरको मेयरमा धनराज र उपमेयरमा गुरुङ जित नजिक
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा मन्जु गुरुङ जित नजिक पुगेका छन् । १ लाख २२ हजार २ सय १९ मत गणनामा गर्दा धनराज ३ हजार ९ सय ७९ मत र मन्जु ३ हजार ९७ मतले अगाडी छन् । धनराजले अहिले सम्म ४९ हजार २ सय ४१ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्ण थापाले ४५ हजार २ सय ६२ मत प्राप्त गरेका छन् । १ लाख ४३ हजार २ सय २६ मत… पुरा पढौ

पोखरा–११ मा वडाअध्यक्षमा प्रेमप्रसाद कर्माचार्य सहित कांग्रेसको प्यानल नै बिजयी

पोखरा–११ मा वडाअध्यक्षमा प्रेमप्रसाद कर्माचार्य सहित कांग्रेसको प्यानल नै बिजयी
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका प्रेमप्रसाद कर्माचार्य १ हजार ९ सय ६० मत ल्याएर बिजयी भएका छन् । उनी प्रतिपक्षी एमालेका उम्मेदवार मीनबहादुर गुुरुङलाई २ सय ५० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । पराजित गुरुङले १ हजार ७ सय १० मत पाए । खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवारहरु विष्णुप्रसाद घिमिरे १ हजार ६ सय ९९ र सुशील बास्तोला १ हजार ८ सय ३२ मत… पुरा पढौ

पोखरामा मेयरमा धनराज र उपमेयर मन्जुको अग्रता कायमै

धनराज र मन्जु
पोखरा, ८ जेठ/ पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कार्यम राखेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३७ मतले अगाडी छन् । १ लाख १२ हजार ५ सय ८० मत गणना हुदाँ आचार्यले ४५ हजार २७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ४१ हजार ५ सय ९० मत ल्याएर पछ्याईरहेका छन् । राप्रपाका शंकर खरालले ४ हजार ९ सय ८७… पुरा पढौ

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयस मल्ल चयन

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयस मल्ल चयन
पोखरा, ८ जेठ/ नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयस मल्ल चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न १७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले मल्ललाई अध्यक्षमा चयन गरेको हो । मञ्चको ईमिडियट पास्ट प्रेसिडेन्टमा सुनिलबहादुर भट्टराई, प्रेसिडेन्ट ईलेक्टमा निरन केसी, प्रेसिडेन्ट नोमिनीमा ई.विशेष थापा, कार्यक्रम संयोजकमा समेज राजभण्डारी र आर्थिक संयोजकमा सरोज कायस्थ चयन भएका छन् । यसैगरी, मञ्चको कार्यकारिणी सदस्यहरुमा निकेश द्वा, हर्षल बिजुक्छे, विवेक श्रेष्ठ, दीशान्त शेरचन, सागर भट्टराई र सुरज श्रेष्ठ चयन भएका छन्… पुरा पढौ

पोखराको मेयर प्रत्याशी थापाको वडामा कांग्रेसका अमृत तिमिल्सिना विजयी

अमित शर्मा तिमिल्सिना
पोखरा, ८ जेठ/ नेकपा एमालेका मेयर प्रत्याशी कृष्ण थापाको वडामा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका हुन् । तिमिल्सिनाले नेकपा एमालेका प्रत्याशी राजेश गुरूङ राजुुलाई १ सय ४८ मतान्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले ३ हजार ३ सय १८ मत पाउँदा गुरूङले ३ हजार १ सय ७० मत पाएका छन् । खुल्ला सदस्य, महिला सदस्यमा र दलित सदस्यमा एमालेका उमेद्वारहरु विजयी भएका छन् । पुरा पढौ

पोखराको सेदीमा रहेको एक सहकारीमा चोरी

चोरी
पोखरा, ८ जेठ/ पोखरा महानगरपालिका १८ सेदी स्थित सुनगाभा बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सहकारीबाट २ थान कम्प्युटर, १ थान सिसि क्यामेराको मनिटर र १ थान ब्याकअप हार्डड्राईभ शनिबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ । चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा आवस्यक अनुसन्धान भैरहेको कास्की प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखरा अहिले सम्म मतगणना सकिएका २३ वटा वडाहरु कुन कस्ले जित्यो

मतगणना
जसमा वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, २०, २३, २४, २५, २६, २७, २८, २९, ३०नेपाली काग्रेसले जितेका वडा २, ३, ४, ७, ९, १०, १२, १३, १४, २३, २४, २५, २६, २७, २८, ३०नेकपा एमालेले जितेका वडा १, ५, ६, ८, १५, २०, २९अहिले मतगणना भइरहेका वडा ११, १६, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ पुरा पढौ

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता कायमै

अमित शर्मा तिमिल्सिना
पोखरा, ८ जेठ/ पोखरा महानगरपालिकाको वडा नम्बर १६ को वडा अध्यक्षमा काँग्रेसले अग्रता कायम गरेको छ । महानगरका लागि मेयर पदमा एमालेबाट उम्मेदवार बनेका कृष्ण थापाको गृहवडामा वडाध्यक्ष पदमा काँग्रेसले एमालेलाई ९३ मतले पछाडी पारेका छन् । हालसम्म ६००१ मतगणना हुदाँ नेपाली काग्रेसका उमेद्वार अमित शर्मा तिमिल्सिनाले २ हजार ६ सय ४६ मत ल्याएको छ भने एमालेका उमेद्वार राजेश गुरुङले २ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् । खुल्ला सदस्य, महिला सदस्यमा र दलित सदस्यमा एमालेका उमेद्वारहरु आगडी… पुरा पढौ

पोखरा १० वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेश गुरुङ सहित प्यानल विजयी

पोखरा १० वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेश गुरुङ सहित प्यानल विजयी
पोखरा, ८ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ८ सय ४९ मतसहित विजयी भएकी छन् । एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ९ सय ८३ मत ल्याए । यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवार परमेश्वर बहादुर कार्कीले १ हजार ६ सय ७८ र पूर्णचन्द्र न्यौपानले १ सय ६ सय ४३ मत प्राप्त गर्दै विजयी भए । एमाले उम्मेदवार कुमार थिङले ९ सय ४४ र शान्ति सुबेदीले ९ सय… पुरा पढौ

प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र, बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष थाल्न आग्रह

पोखरा, ८ जेठ/ संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत् समुन्नत राष्ट्र निर्मााणका लागि महत्वपूर्ण योगदान पु¥याउन तथा अन्तर प्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि संघको बजेटमा समेट्नै पर्ने गण्डकीका योजनाको सूची उनले प्रधानमन्त्रीलाई बुझाएका छन् । मुख्यमन्त्री पोखरेलले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘राष्ट्रिय विकास तथा अन्तर प्रदेश समन्वयात्मक विकासका लागि… पुरा पढौ