प्याराग्लाइडिङ व्यवसायीको माग, ‘पोखरामा दुई घण्टा प्याराग्लाइडिङ गर्न छुट्याउ’

-


     क्लिक गण्डकी     
     असार ३० गते २०७९ मा प्रकाशित


प्याराग्लाइडिङ व्यवसायीको माग, ‘पोखरामा दुई घण्टा प्याराग्लाइडिङ गर्न छुट्याउ’

प्याराग्लाइडिङ व्यवसायीको माग, ‘पोखरामा दुई घण्टा प्याराग्लाइडिङ गर्न छुट्याउ’

पोखरा, ३० असार/ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएकोले अग्रेजी नयाँ वर्षबाट सञ्चालनमा ल्याउने तयारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी एकदेखि विमानस्थल सञ्चालन गर्ने तयारीमा छ । त्यही अनुसार पोखराको आकाशमा उडान हुने प्याराग्लाइडिङलाई भने समस्या परेको छ । प्राधिकरणले व्यवसायीलाई पोखरा भन्दा अन्य ठाउँबाट प्याराग्लाइडिङ गर्नु पर्ने बताइरहेका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षबाट सञ्चालनमा ल्याउने तयारी छ । विमानस्थल सञ्चालन सगैँ प्याराग्लाइडिङको पोखरा १८ सराङकोटबाट हट्नु पर्ने होकी भन्दै व्यवसायीहरु चिन्तामा छन् । पोखराको आकाशमा झन्डै अढाइ दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडानलाई अन्यत्र सार्दा पर्यटन क्षेत्रमै धक्का पुग्ने यहाँका व्यवासयीहरुको भनाई छ ।

उनीहरु पोखरा विमानस्थल संचालनमा आएपनि २४ सै घण्टा व्यस्थ नहुने भएले समय तोकेरै प्याराग्लाइडिङ उडान गर्न दिनुपर्ने व्यवसायीहरुको माग छ । उनीहरुले अहिले दिनभर जसो उडान भइरहेकोमा अब समय तोकेर उडान गर्न दिन व्यवसायी र पाइलटको माग छ । विदेशमा पनि यस्तो अभ्यास रहेको नेपाल हवाई खेलकुद संस्था पोखराका पुर्व अध्यक्ष योगश भट्टराई बताउ छन् ।

पोखरामा करिब ३५० जना व्यावसायीक पाइलट छन् भने ६० भन्दा बढि प्याराग्लाइडिङ कम्पनीहरु छन् । पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनमा पर्ने व्यावसायीहरुको भनाई छ । पोखराबाट विस्थापित भएको खण्डमा पर्यटकको बसाई अवधि कम हुने, पर्यटक आगमनमै हस आउने व्यावसायीको भनाई छ ।

नेपाल हवाई खेलकुद संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अधिकांश वक्ताले पोखराबाट प्याराग्लाइडिङ हट्न नहुनेमा जोड्दिए । उनीहरुले पोखराको विमानस्थल तत्कालै २४ सै घण्टा सञ्चालनमा नआउने भएकोले सुरुका केही वर्षका लागि दुई घण्टा समय प्याराग्लाइडिङका लागि दिनु पर्ने माग छ ।

पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान जस्तो अनुकुल मौषम नेपालको अन्य कुनै ठाउँमा नरहेको पनि भएको नेपाल हवाई खेलकुद संस्था पोखराका पुर्व राजेश बम्जन बताउ छन् । कार्यक्रममा पर्यटन व्यवसायी गणेश भट्टराईले प्याराग्लाइडिङ पोखराको पहिचान भएका कारण विमानस्थललाई असर नपर्ने गरी व्यवस्थापन गर्नु पर्ने बताए ।

पोखराका प्याराग्लाइडिङ व्यवसाय सुरु भएदेखि अहिलेसम्म करिब ४० लाख पर्यटकले उडान गरिसकेका छन् । पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो भने सन् २००० देखि कम्पनी सुरु गरेर प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए । सराङकोट, तोरीपानी र मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ उडान गरेर फेवाताल किनारमा अवतरण गर्दै आएका छन् ।