जुवा तास
पोखरा, ३१ असार/ कास्की प्रहरीले पोखरामा जुवा खेलेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोड बस्ने नबीन गौचनको घरमा जुवा तास खेलिरहेका ६ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई नगद २ लाख ५३ हजार ५ रुपैया सहित २०८ पत्ती सहित नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए ।
उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरीरहेको जानकारी दिए ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ८ न्यूरोड बस्ने ३२ बर्षिय नबीन गौचन, ५४ बर्षिय सोमत तुलाचन, ४९ को कबिन तुलाचन, पोखरा २ अर्चलबोट बस्ने ५३ बर्षिय बिराट केसी, पोखरा ११ फूलबारी बस्ने ४६ बर्षिय अमित गुरुङ र ४५ बर्षिय नरकाजी गुरुङ रहेको उनले बताए ।