![पोखराको फिर्केपुलबाट स्कुटर खस्यो](https://clickgandaki.com/wp-content/uploads/2022/07/sc-accident.jpg)
पोखराको फिर्केपुलबाट स्कुटर खस्यो
पोखरा, ३० असार/ पोखराको फिर्केखोलामा गएराती स्कुटर खसेको छ ।
बुधबार राती विन्द्यवासीबाट जिरो किलोमिटर तर्फ गएको ग ४ प ८३२५ नम्वरको स्कुटर फिर्केखोलापुल नजिकैबाट खोलामा खसेको हो ।
स्कुटर दुर्घटना हुदाँ स्कुटमा सबार दुई जना घाइते भएका छन् । घाइतेहरुको सहारा अस्पतालमा उपचार भएको छ ।
स्कुटरमा सवार २ जना मध्ये एक जना अल्लीबढि घाइते भएको प्रहरीले बताएको छ ।
यसअघि पनि सो क्षेत्रमा पटक/पटक दुर्घटना हुने गरेका छन् । फराकीलो सडक तर साघुरो पुलका कारण दुर्घटनाहरु हुने गरेको प्रहरीको भनाई छ ।
पुल निमार्णका लागि करिब ३ वर्ष अगाडीबाट सुर भए पनि ठक्केदारले अहिले सम्म पुल निमार्णका १० प्रतिशत पनि काम सकेको छैन । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।