वरिष्ठ अधिवक्ता
पोखरा, ३१ असार/कास्कीका ९ जना कानुन व्यवसायीले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्चको बुधबारको बैठकबाट कास्की ९ जनाले वरिष्ठअधिवक्ताको उपाधि पाएका हुन् ।
वरिष्ठ अधिवक्ता पाउनेमा सुरेन्द्र थापा, मोहननाथ कोइराला, जगन्नाथ ढकाल, जनकबहादुर बोहोरा, दामोदर अधिकारी, मुकुन्दराज अर्याल, माधवराज बास्तोला, खगेन्द्रराज आचार्य र विष्णुकुशल भुजेल रहेका छन् ।
१५ वर्ष भन्दा बढि लामो समय कानुन व्यवसाय गरेका वकिललाई वरिष्ठ अधिवक्ताको उपाधि दिदै आएको छ ।