शुक्रबार (आज) पोखरामा तीन वर्ष यताकै बढी गर्मी

-


     क्लिक गण्डकी     
     असार ३१ गते २०७९ मा प्रकाशित


पोखरा

पोखरा

पोखरा, ३१ असार/ तीनवर्ष अघिको रेकर्ड पछ्याउँदै शुक्रबार (आज) दिउँसो पोखराको तापक्रम उच्च बिन्दुमा उक्लेको छ । शुक्रबार पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तीन वर्षअघि सन् २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो ।

जल तथा मौसम विज्ञान कार्यालयका मौसम सहायक सरोज अधिकारीले पोखराको तापक्रमले तीन वर्षअघिको रेकर्ड भेट्याएको बताए । तापक्रम उकालो लागेपछि यहाँको मुख्य बजारमा पनि चहलपहल केही कम भएको थियो ।

दिउँसोको समयमा बजारको चलहपहल कम हुने गरेको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार यसअघि २०१६ को मे १ तारिखमा पोखराको तापक्रम ३४.८ डिग्री थियो । त्यस्तै २०२० को अगष्ट ५ र २०२१ को मे २४ मा पोखराको तापक्रम ३४.७ डिग्री थियो ।

पछिल्लो तीन दिनदेखि पोखराको तापक्रम ३४ डिग्री थियो । पोखराको तापक्रम सबैभन्दा बढी यसअघि सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री पुगेको थियो । त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो । साझँ केही बेर पानी परेपछि केही सितलता महशुस गरेका थिए ।



Tags: , ,