
बुद्ध एयर
२९ असार, धनगढी/ बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक जना पक्राउ परेका छन् ।
उडान नम्बर २५३ बाट अपरान्ह धनगढी उडेको जहाजका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले निगरानीमा राखेका थिए ।
जहाज धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको बुद्ध एयरका कर्मचारीले जानकारी दिए ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलाली टीकापुर नगरपालिकाका अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरि थप अनुसन्धान गरीरहेको जनाएको छ ।
जहाजमा सलाई, लाइटर सहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । साथै चुरोट तान्न निषेध गरिएको छ ।