समाचार

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट
पोखरा, ५ जेठ/ वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो । ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिङ्कले जनाएको छ ।… पुरा पढौ

पोखराको मेयरमा धनराज आचार्य २४५० ले अगाडी, उपमेयरमा एमालेकी मन्जु ९ मतले अगाडी अग्रता

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ५ जेठ/ पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका उमेद्वार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । उनले मत अन्तरलाई अझ फराकीलो बताउदै लगेका छन् । ५२ हजार ८ सय १७ मतगणना हुदाँ आचार्यले २१ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका कृष्ण थापाले १९ हजार ३ सय ८८ मत प्राप्त गरे । आचार्य र थापाको मत अन्तर २ हजार ४ सय ५० पुगेको छ । राप्रपा शंकर खराल २ हजार १ सय ८६ मत प्राप्त गरेका छन्… पुरा पढौ

पोखरा महानगरमा उपमेयरमा मन्जुको अग्रता

मन्जु गुरुङ
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिकामा उपमेयरमा मन्जु गुरुङले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार मन्जुले नेपाली काग्रेसकी उमेद्वार कोपिला रानाभाट भन्दा २ सय २८ मतले अगाडी छन् । मन्जुले २० हजार २ मत प्राप्त गर्दा कोपिलाले १९ हजार ७ सय ७४ मत प्राप्त गरेकी छन् । त्यसै गरी मयेरमा गठबन्धनबाट एकिकृत समाजबादीका उमेद्वार धनराज आचार्यले अग्रता कायमै छ । आचार्य १९ हजार ६ सय १५ मतले अघि छन् । नेकपा एमाले कृष्ण थापाले १७ हजार ५ सय १२ मत… पुरा पढौ

पोखरा महानगरपालिका वडा २५ मा कांग्रेसका मोतिलाल तिमिल्सिना विजयी

मोतिलाल तिमिल्सिना
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २५ मा कांग्रेसका मोतिलाल तिमिल्सिना विजयी भएका छन् । उनले नेकपा एमालेका तिर्थबहादुर थापालाई हराए । अन्य सदस्यहरु भने नेकपा एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालका कृष्ण बहादुर कुवरँ र सुवाष भण्डारी, महिला सदस्य धनकुमारी पोखरेल र दलित महिला सदस्य तारा विश्वकर्मा विजय भए । पुरा पढौ

पोखरा महानगरपालिका वडा ६ अध्यक्षमा एमाले विष्णु बहादुर भट्टराई विजयी

पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा एमालेका विष्णु बहादुर भट्टराई विजयी भएका छन् । उनले नेपाली काग्रेसका जगत बहादुर पहारी हराउदै विजयी बने । खुल्ला सदस्य एमाले दिपेन्द्र पहारी र वासुदेव बराल विजयी भएका छन् । महिला सदस्य कांग्रेसकी पवित्रा थापा र दलित महिला सदस्य कांग्रेस शोभा जलारीले विजयी भएका छन् । पुरा पढौ

पोखरा २६ मा नेपाली काग्रेसका नरेन्द्र थापाको प्यानल नै विजयी

नरेन्द्र थापा
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका २६ मा नेपाली काग्रेसका नरेन्द्र थापा विजयी भएका छन् । उनले नेकपा एमाले का सूर्यनाथ भण्डारीलाई हराउदै विजयी भएका हुन् । पोखरा २६ मा नेकपा माओवादी केन्द्रका अनिल परियार, विवेकशील साझा पार्टीका चन्द्रज्योति ढुङगाना, राप्रपाका टिकाराम अधिकारी, उन्नत लोकतन्त्र पार्टीका पवन ढुङगाना र स्वतन्त्रबाट कर्णबहादुर विश्वकर्मा, नारायणप्रसाद लामिछाने र विरेन्द्र रानाभाटा अध्यक्षका उमेद्वार थिए । खुल्ला सदस्यमा तिर्थबहादुर राजभाट र सुदिपराज ढुङगाना, सहिला सदस्यमा लक्ष्मीदेवी भट्टराई र दलित महिला सदस्यमा सुजना बराल सुनार विजयी भएका… पुरा पढौ

पोखरा २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी बिजयी

पोखरा २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी बिजयी
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका वडा नम्रबर २४ मा नेपाली काग्रेसका भरतबहादुर अधिकारी विजयी भएका छन् । उनले नेकपा एमालेका रामचन्द्र थापालाई हराए । अन्य सदस्यमा भने नेकपा एमालेका उमेद्वारी विजयी भए । खुल्ला सदस्यमा नेकपा एमालेका कृष्ण प्रसाद सुवेदी र रेशम सुबेदी, महिला सदस्यमा सरस्वती त्रिपाठी र महिला दलित सदस्यमा मैयाँ नेपाली विजयी भएका छन् । पुरा पढौ

पोखरा ५ मा नेकपा एमालेका विष्णु बराल सहितको प्यानल नै विजयी

पोखरा ५ मा नेकपा एमालेका विष्णु बराल सहितको प्यानल नै विजयी
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका ५ मा नेकपा एमालेका विष्णु बराल प्यानल सहित विजयी भएका छन् । उनले नेपाली काग्रेसका उमेद्वार प्रमोद कोइरालालाई हराए । त्यसै गरी खुल्ला सदस्यमा गोविन्द्र प्रसाद पराजुली र मणीराम बराल विजयी भएका छन् । महिला सदस्यमा कल्पनाकुमारी थापा र महिला दलित सदस्यमा हरिमाया विश्वकर्मा विजयी भएका छन् । पुरा पढौ

असम्बन्धीत व्यक्तिको नाम जोडेर चरित्रहत्या गर्न खोज्नु गम्भीर अपराध – एमाले केन्द्रीय सदस्य पहारी

राजीव पहारी
पोखरा २, जेठ / नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै विभिन्न संचार माध्यमहरूमा सार्वजनीयक समाचारहरूप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनले केही व्यक्तिगत वार्ताहरूमा अनावश्यक रूपमा आफ्नो नाम लिई गरिएका क्रियाकलापहरूप्रति घोर भत्र्सना गर्दै आफ्नो स्वकीय सचिव भनेर संचारमाध्यमहरूमा प्रचारित मनोज पहारी भन्ने व्यक्ति समयको कुनै पनि कालखण्डमा आफुसँग सम्बन्धीत नरहेको र सचिवालयमा कार्यरत नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमहरूमा प्रकाशित÷प्रसारित… पुरा पढौ

पोखरा महानगरमा धनराजलाई १९४५ मतले अग्रता

धनराज आचार्य
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिकामा गठबन्धनबाट एकिकृत समाजबादीका उमेद्वार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ३४ हजार ६ सय १३ मतगणना हुँदा धनराज आचार्य १ हजार ९ सय ४५ मतले अघि छन् । उनले १४ हजार ३ सय ६२ मत प्राप्त गर्दा एमालेका उमेदवार कृष्ण थापाले १२ हजार ४ सय १७ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका शंकर खनालले १ हजार ४ सय ८३ मत पाएका छन् भने स्वतन्त्र उमेद्वार खड्कराज पौडेल गनेशले ८ सय १५ मत प्राप्त… पुरा पढौ