करेन्ट
पोखरा, २३ असार/ पोखरामा घरमा रङलागउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
पोखरा ५ पस्र्याङ खुडेपोखरी नजिक निमार्ण भइरहेको घरमा रङ लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
करेन्ट लागेर सिन्धुली घर भई हाल पोखरा १७ घारीपाटन बन्ने करिब ४० बर्षिय कृष्ण बहादुर रानामगरको मृत्यु भएको कास्कीका निमित्त प्रहरी प्रमुख सुन्दर तिवारीले जानकारी दिए ।
हाईटेन्सन विद्युत लाईनको तारमा छोइन गई दुई तले घरबाट खस्दा मृत्यु भएको तिवारी बताए । रानामगरको सव पोष्टमार्टका लागि अस्पतालमा राखिएको छ ।