पोखरा, काठमाडौ र लुम्बिनीमा हिमालयन भीगन महोत्सव
पोखरा, २५ असार/ हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली ज्ञान तथा सचेतनाबारे जानकारी दिन नेपालका तीन ठाउँमा ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले पोखरामा पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी दिएको छ ।
नेपालमै पहिलोपल्ट गर्न लागिएको महोत्सव पोखरा, काठमाडौँ र लुम्बिनीमा हुने अर्गनाइजेशनका अध्यक्ष सुरेशप्रसाद शर्माले जानकारी दिए । महोत्सवमा विश्वका विभिन्न देशका करिब २५० देखि ३०० ख्यातिप्राप्त व्यक्तिसहितका भेगन सदस्यको सहभागिता रहने बताए ।
तीन चरणमा हुन महोत्सवमा भदौ २८ देखि २९ गतेसम्म लुम्बिनी उद्यान महाचैत्यमा, भदौ ३० देखि असोज १ गतेसम्म काठमाडौँस्थित सोल्टी होटलमा र असोज २ देखि ४ गतेसम्म पोखरास्थित होटल ग्राण्ड बिरौटामा हुनेछ ।
शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व र शाहाकाहारी जीवनशैली प्रवद्र्धनसँगै नेपाललाई ‘भेगन डेष्टिनेशन’को रुपमा प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अर्गनाइजेशनका महासचिव अजित थापाले जानकारी दिए ।
महोत्सवलाई अझ आकर्षण दिन एक सय भन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताका ज्ञान तथा अनुभव आदानप्रदान, भीगन खानाका कक्ष, जनावर अधिकारसम्बन्धी शिक्षा, म्याराथन, अन्तक्रिया, चलचित्र प्रदर्शनी, भीगन दूध, दही मासु, चिज, केक तथा मिठाई बनाउने कार्यशाला कक्षा लगाएतका कार्यक्रम हुने थापाले बताए ।
महोत्सव अवलोवकन निःशुल्क गर्न पाइने छ भने महोत्सवभित्रका खानपान लगायत सेवा सुविधा उपभोग गर्न तीनको १० हजार रुपैया तिर्नुपर्ने उनले बताए । भीगन अर्गनाइजेशनका प्रथम उपाध्यक्ष विष्णुप्रसाद न्यौपानले कुनै पनि जीवजन्तुबाट बनाइने खानेकुरा नखाने, वनस्पतिजन्य खानेकुरा खाने, सबैप्राणी प्रति दया माया र करुणामय व्यवहार गर्ने जीवनशैली नै भीगनवाद भएको बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का पुर्व अध्यक्ष गणेशबहादुर भट्टराई लगाएतले पोखराको पर्यटन प्रवद्र्धनमा भीगन महोत्सवले थप टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनीहरुले पछि समय पर्यटन क्षेत्रमा भेगनहरु आउने गरेको बताए । महोत्सवले आफुहरुले पनि यसबा थप जानकारी पाउने बताए ।