पोखरा जग्गा भाडामा दिने सम्झौता खारेज

-


     क्लिक गण्डकी     
     असार ३१ गते २०७९ मा प्रकाशित


पर्यटन बसपार्क पोखरा

पर्यटन बसपार्क पोखरा

पोखरा, ३१ असार/ पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकालको अन्तिममा अपारदर्शी ढंगले निजी क्षेत्रलाई सार्वजनिक जग्गा भाडामा दिन गरेको सम्झौता खारेज भएको छ । पोखरा उपत्यका नगर विकास समितिको बैठकले सम्झौता खारेज गरेको हो ।

सम्झौता खारेज गरी छानबिनका लागि विभिन्न निकायलाई पत्राचार गर्ने निर्णय भएको शुक्रबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।

सम्झौतामा क्रममा जिम्मवार पदमा रहेकाले अख्तियार दुरुपयोग गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि पत्रचार गरिने भएको छ ।

पोखरा उपत्यका नगरविकास समितिको जग्गा भाडा प्रकरणको छानबिन गर्न गठित समितिले भाडामा दिने सम्झौता खारेजका लागि सिफारी गरेको थियो ।

पोखरा उपत्यका नगर विकास समितिले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडि जग्गा भाडामा दिएको विषयमा छानबिन समिति गठन गरेको हो । गत शनिबार पोखरा उपत्यका नगर विकास समितिको बैठकले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरपालिकाको निवर्तमान मेयर मानबहादुर जिसीले पोखराको तीन ठाउँको ६३ रोपनी जग्गा ठेक्कामा लगाएका थिए । जिसीले भने आफूले कानुन अनुसार नै ठेक्का लगाएको दावी गर्दै आएका थिए । छानबिन समितिले पोखराका मयेर धनराज आचार्यलाई प्रतिबेदन बुझाएका थिए ।