पोखरामा तीन किलो गाजाँ सहित एक जना पक्राउ
पोखरा, ३२ असार/ पोखरामा तीन किलो गाजाँ सहित एक जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार पोखरा महागनरपालिका ३० पावरहाउसबाट एक जनालाई पक्राउ गरेको हो ।
सवारी चेक जाँच गर्दा पोखरा ३१ किमबेशीका २५ बर्षिय जिबन परियारलाई ३ किलो ३८५ ग्राम गाजाँ र मोवाईल १ थान सहित पक्राउ गरेको हो ।
उनलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।