पोखरा महानगरपालिकामा मृत्यु भएकालाई ११ लाख ६० भत्ता

-


     क्लिक गण्डकी     
     श्रावण १ गते २०७९ मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, १ साउन/ पोखरा महानगरपालिकाले मृत्यु भइसकेका जेष्ठनागरीकलाई सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको उनन्साठी औ प्रतिबेदन ११ लाख ६० हजार निकासा गरेको उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ को बार्षिक प्रतिबेदनमा महानगरमा सामाजिक सुरक्षा कार्यविधि विपरीत मृत्यु भइसकेका पोखरा महानगरपालिकाका १० वटा वडामा निकासा गरेको उल्लेख गरेको छ ।

सामाजिक सुरुक्षा कार्यविधि २०७७ को दफा १५ (२) २ मा भत्ता खाइपाई आएका कुनै व्यक्तिको मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिई बाँकी रकम फिर्ता गरी संघीय सञ्चित कोषमा दाखिला गर्न पोखरा महागनरपालिकालाई निर्देशन दिएको छ ।

त्यसै गरी पोखरा महनगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले आफु निर्वाचित भएको पहिलो दिन सामाजिक सुरक्षा भत्तामा थप १० प्रतिशत थप गर्ने निर्णय गरेका थिए ।

सोही अनुसार पोखरा महानगरपालिकाले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा सहायता थप शीर्षकमा ६ करोड बजेट विनियोजना गरी मासिक २ सय थप गरी ३ करोड ६४ लाख २४ हजार भुत्तानी गरी व्ययभार बढाएको उल्लेख छ ।

महालेखाको प्रतिबेदनको ६६८ पेजमा उल्लेख गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम सन्चालन कार्यविधि, २०७५ को दफा १५ (२ ) मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरुका लागि संघीय सरकारबाट प्राप्त भत्ता रकममा स्थानीय सरकारले आफ्नो कोषबाट कुनै पनि रकम थप गरी प्रदान गर्न नसकिने व्यवस्था छ ।



Tags: ,