पोखरामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
पोखरा, १ साउन/ कास्की प्रहरीले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पोखरा ५ लब्लीडाडाँबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा १३ बस्ने २४ बर्षिया खिमबहादुर विकलाई मध्ये रातामा पक्राउ गरेको हो ।
१३ वर्षकी नावालिकालाई ललाई फकाई गरी असार ३१ गते राति १० बजेको समयमा पोखरा ५ लब्लीडाँडामा लगी जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा विकलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रवक्ता प्रहरी निरिक्षक ज्ञान बहादुर खड्ककाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले असार ३२ गते राति ४ बजे पक्राउ उनले बताए । जबरजस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको खड्काले बताए ।