पोखरामा साउन पहिलो रोजगार मेला

-


     क्लिक गण्डकी     
     श्रावण ३ गते २०७९ मा प्रकाशित


पोखरामा साउन पहिलो रोजगार मेला

पोखरामा साउन पहिलो रोजगार मेला

पोखरा, ३ साउन/ पोखरामा जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । साउनको ६ गते देखी तीन दिन सम्म सञ्चालन हुने मेलाको आयोजना शिक्षा संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले आयोजना गर्न लागेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा विद्यार्थीलाई परामर्श, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदार उपलब्ध गर्ने उद्देश्यल मेला गर्न लागेको गण्डकी शिक्षा संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताए ।

मेलामा उद्योगवाणिज्य संघ गण्डकी, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल व्यवसायी, रेष्टुरेष्ट व्यवसायी लगाएतका संस्थाले मेलामा स्टलबाटै रोजगारी दिने छन् । मेलामा करिब १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ । रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, मेलामा नै रोजगार प्राप्त गर्न सकिने मन्त्री श्रेष्ठले जानकारी दिए ।

‘समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार’ भन्ने नाराका साथ मेला पोखरा प्रर्दशनी केन्द्रमा हुने छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अन्तरगत मेलाको आयोजना गरिएको उनको भनाई छ ।

मेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण्, विभिन्न रोजगारीका अवसरहरुको बारेमा जानकारी र सहजीकरण, तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणालीको प्रयोगबारेमा जानकारी दिइने उनले बताए ।