पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो !

-


     क्लिक गण्डकी     
     श्रावण ३ गते २०७९ मा प्रकाशित


पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो !

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो !

बुटवल, ३ साउन/ पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर लगेका छन् । लामो समयदेखि पानी नपरेपछि पानी पर्ने विश्वासमा जनप्रतिधिलाई बाँधेर किसानहरुले मन्दिर लगेका हुन् ।

किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए ।

गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर पु¥याएको बताए ।

उनले पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्ने चलन थियो । त्यसपछि समस्या समाधान हुन्थ्यो अहिले जनप्रतिनिधि नै गाउँका अगुवा हुन् त्यसैले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगिएको उनको भनाई छ ।

किसानले आफूहरूलाई बाँधेर मन्दिर लगेपछि मन्दिरमा पूजा अर्चना गरेको बताए । स्वच्छ मनले पूजा अर्चना गरे लामो समयदेखि परेको खडेरी अन्त्य भइ भगवान खुसी भएर पानी पार्ने विश्वासमा छ ।

चौधरीका अनुसार तीन दिनसम्म पूजा अर्चना गरि अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पूजा अर्चना गर्दा भगवान खुसी भएर पानी दिने विश्वास छ ।