
पोखरामा एटिएम मेसिन फोर्न खोज्ने एक जना मानिस पक्राउ
पोखरा, ४ साउन/ पोखरामा एटिएम मेसिन फोडेर पैसा चोरी भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौ चोकमा रहेको एनएमवि बैैकको एटिएम मेसिन फोडेर पैसा लगेको हो ।
एटिएम मेसिनको बाक्सा नजिकैको खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । एटिएममा कति पैसा थियो र कति चोरी भयो भन्ने बैंकले निकाली सकेको छैन ।
चोरीमा संलग्नको खोजी कार्य जारी रहेका प्रहरीले जानकारी दिएको छ । यस अगाडी पोखरा महानगरपालिकाको गेट नजिक रहेको एनआइसी एशिया बैंको एटिएम फोड्ने प्रयास भएको थियो । त्यस घटना संलग्नलाई प्रहरीले पक्राउ गरी सकेको छ ।