शौचालयका लागि पोखरा महानगरको आह्वान, ईच्छुकलाई महानगरमा सम्पर्क गर्न आग्रह

-


     क्लिक गण्डकी     
     श्रावण ३ गते २०७९ मा प्रकाशित


शौचालयका लागि पोखरा महानगरको आह्वान

शौचालयका लागि पोखरा महानगरको आह्वान

पोखरा, ३ साउन/ पोखरा महानगरपालिकाले बैंक वित्तीय संस्था, होटल, रेष्टुरेन्ट, ईच्छुक व्यक्ति लगायतलाई सहरी क्षेत्रमा सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन सार्वजतिक आह्वान गरेको छ । शौचालय सवंसाधारणहरुलाई प्रयोग गर्नदिन महानगरले आह्वान गरेको हो ।

महानगरले शौचालय उपयोग गर्न दिनेहरुलाई महानगरबाट उपलब्ध हुने सेवा, सुविधामा प्राथमिकता दिने नीतिगत व्यवस्था गरिने उल्लेख गरेको छ । शौचालयामा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता दिने सोमबार जारी विज्ञप्तीमा उल्लेख छ ।

शौचालयमा पहिचानयुक्त लोगो वा संकेत राख्ने गरी कार्यपालिकाबाट निर्णय भएको महानगरले जनाएको छ । ईच्छुक संस्था वा व्यक्तिले महानगरपालिकाको कार्यालय सरसफाई शाखामा आफ्नो नाम, ठेगाना र मोवाइल नम्बर सहित साउन मसान्तभित्र निबेदन दिन अनुरोध गरेको छ ।

शौचालय सार्वजनिक रुपमा निःशुल्क उपयोग गर्न दिने सहायोगी संस्था वा नागरिकको विवरण पोखरा महानगरपालिकाको बेबसाइटमा राखिने विज्ञप्तीमा उल्लेख छ ।



Tags: