पोखराका मेयर धनराज आचार्यको सम्पती ४३ करोड ६१ लाख

-


     क्लिक गण्डकी     
     श्रावण ५ गते २०७९ मा प्रकाशित


धनराज आचार्य

धनराज आचार्य

पोखरा, ५ साउन/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक पोखरा महानगरपालिको वेबसाइट मार्फत सार्वजनीक गरेका छन् ।

मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ । २ करोड ८५ लाख रूपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।

ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको आचार्यको सम्पत्ति विवरणमा उल्लेख छ । मेयर आचार्यले सबैभन्दा धेरै रकम सेयरमा रहेको उल्लेख गरेका छन् ।

विभिन्न कम्पनीमा सेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको उल्लेख गरेका छन् । उनको सबै भन्दा बढि शेयर जलविद्युत आयोजनामा रहेको छ ।

त्यसै गरी पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा उनकै नाममा ८७ लाख पर्ने जग्गा छ । उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको उल्लेख गरेका छन् । उनी सगँ नगद मौजात १५ लाख रूपैयाँ रहेको जनाएका छन् ।

पोखरा– ९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा घर, काठमाडौंको सितापाइलामा श्रीमतीकै नाममा एक करोड ८५ लाख मूल्य बराबरको एउटा घर रहेको छ । उनीसँग ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको उल्लेख गरेका छन् । उनले बावुको नाममा रहेको सम्पत्ति समावेश नगरेको जनाएका छन् ।

Personal Net-Worth Declaration 

A. Assets Owned (by Me):

1. Land &  Building –  289 Sq. M. of Land and 2 Building  located at Pokhara – 9, Kaski Plot No.  101 registered in the name of Mrs.  Pushpa Kurmari Poudel (Acharya)-(Spouse) – Rs. 9,25,00,000.00

2.  Land &  Building – 925.60 Sq. F. of Building located at  Sitapaila – 4, Kathmandu Plot No. 35 &  36 registered in the name of Mrs.  Pushpa Kumari Poudel (Acharya) -(Spouse) – Rs.1,85,00,000.00

3. Land &  Building – Located at Pokhara 11,  Kaski plot No. 160,161registerd in the  name of Mr. Dhana Raj Acharya – Rs. 3,50,00,000.00

4. Land –  58.7 Ropani Of Land located in hewa  VDC ,Dolakha at Plot No.  651,401,415,437,411,412,417,433  registered in the name of Dhana raj  Acharya – Rs. 87,00,000.00

5. Vehicles – Toyota Rav4 Car  , Reunult Kwid Car, Omni Van, Suzuki Swift Car, 3 Scotter- Rs. 20,000,000.00

6. Cash/ Bank Balance – Bank & Cash In Hand – Rs. 15,00,000.00

7. Share Amount – Share and Investment on various company – Rs. 25,99,45,616.00

Total Value: Rs. 43,61,45,616.00

B. Liabilities:

1. Loan from Banks/ Finances Cos., Relative/Friend and others:  Rs. 2,85,00,000.00

C. Net Worth (A-B): Rs. 40,76,45,616.00

Note :  

1. Gold 54 Tola, Silver 38 Tola , Diamond 5 Tola  

2. Property in the Name of father are not included in this report. 

I declare that I, in my individual capacity, have not defaulted in repayment of any loan from  any bank/financial institution. 

Signature Date: 2079/1/25



Tags: ,