पोखरामा एटिएम मेसिन फोर्न खोज्ने एक जना मानिस पक्राउ
पोखरा, ५ असार/ पोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ ।
पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर मंगलबार राति एटिएम मेसिन भित्र भएके करिब १५ लाख रकम चोरी भएको प्रहरीले जनाएको छ ।
राति पौने २ बजे एटिएम भित्रको दुइवटा पैसाको बाकस चोरी भएको हो । घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजी भईरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फाले भेटिएको बताए । बैंकले अघिल्लो दिन एटिएममा १७ लाख रुपैयाँ राखेकामा दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताएको छ ।
पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फोडेर रकम चोरी गर्ने घटना बढेका छन् । असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो ।