पोखरामा महानगरका मेयर र उपमेयर सम्मेलन शुरु तस्बिरः सुर्दशन रञ्जित
पोखरा, १३ साउन/ पोखरामा नेपालका ६ वटा महानगरपालिकाका प्रमुख र उपप्रमुख ‘मेट्रोमिट नेपाल’ शुरु भएका छ । दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा स्थानीय सरकार सञ्चालनका क्रममा उत्पन्न हुने समस्याका बारेमा छलफल र मेयर÷उपमेयरको अनुभव आदान प्रदान गर्ने छन् ।
आइतबार पोखरा घोषणापत्र जारी गर्दै सकिने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । सम्मेलनमा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागीता रहेको छ ।
पहिलो दिन मेयर÷उपमेयरहरूको सिकाइ आदानप्रदान, महानगरका मुख्य योजनाहरू तथा कार्यान्वयनका चुनौतीहरूको सम्बोधन, उपमेयरहरूले ऐनमा भएका जिम्मेवारीको सम्बन्धमा अनुभवन तथा सिकाइ आदानप्रदान, प्रमुख प्रशासकीय अधिकृतहरूले विद्यमान ऐन, कानुन तथा तीनका कार्यान्वयनका चुनौतीहरूबारे छलफल गर्ने छन् ।
विभिन्न विषयमा डा. जगदीशचन्द्र पोखरेल, पूर्वाधारविज्ञ सूर्यराज आचार्य र डा. अजयलाल चन्द्रले सहजिकरण गर्ने पोखराका मयेर आचार्यले बताए ।
उनका अनुसार हरेक वर्ष ‘मेट्रोमिट नेपाल’ गर्ने सहमतिअनुसार २०८० सालको सम्मेलन ललितपुर महानगरपालिकाले आयोजना गर्नेछ । जसका लागि ‘महानगर मेयर सम्मेलन’को लोगो अङ्कित झण्डा ललितपुरलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।