पोखरा महानगरपालिका
पोखरा, ११ साउन/ पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा महानगरका मेयरहरूको सम्मेलन आयोजना हुने भएको छ । ६ वटै महानगरका मेयरहरुले साझा विषयमा छलफल गर्न सम्मेलन आयोजना गर्न लागेको हो ।
पोखरा साउन १३ र १४ गते हुने सम्मेलनले महानगरका साझा मापदण्ड तय गरेर घोषणा पत्र जारी पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए ।
महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुने सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले ‘संघीयता, महानगर र अबको बाटो’ शीर्षकमा प्रस्तुती दिनेछन् ।
कार्यक्रममा ६ वटै महानगरका मेयरले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौतीका विषयमा अनुभव आदान– प्रदान गर्नेछन् । ऐन कानुन र कार्यान्वयनका चुनौती, महानगरका साझा सवाल, महानगरका पूर्वाधार विकास तथा सुशासन लगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञसँग अन्तक्रिया गर्ने महानगरले जनाएको छ ।
सम्मेलनमा काठमाडौं, पोखरा, भरतपुर, ललितपुर, विराटनगर र विरगञ्ज गरी ६ वटा महानगरपालिकाको समभागीता रहने छ ।