महानगर सम्मेलन ७ बुदे घोषणापत्र जारी, महानगरपालिकालाई छुट्टै ऐनको माग

-


     क्लिक गण्डकी     
     श्रावण १५ गते २०७९ मा प्रकाशित


महानगर सम्मेलन

महानगर सम्मेलन

पोखरा, १५ साउन/ महानगरका मेयरहरुको पोखरा सम्मेलनले ७ बुदे घोषणापत्र जारी गर्दै महानगरपालिकाका लागि छुट्टै ऐनका माग गरेका छन् ।

घोषणापत्रको पहिलो नम्बरमा नै संघीय संसदबाट महानगरपालिकाहरुका लागि छुट्टै ऐन निर्माण गर्ने माग गरेका छन् । शनिबार सम्पन्न भएको बैठकको आइतबार पत्रकार सम्मेलन संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरुका लागि छुट्टै ऐन माग गरिएका हुन् ।

सेवालाई प्रभावकारी बताउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेका महानगर मञ्च नेपालका अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।

महानगरहरुबीच पारस्परिक सम्पर्क सञ्जाल प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई ‘महानगर मञ्च नेपाल’ को माध्यमबाट संस्थागत गर्ने मञ्च निमार्ण गर्ने निर्णय गरेका छन् । महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजना गर्ने, हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्ने, संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै महानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ ।

महानगरका छिमेकी पालिकाहरुसँग समावेशी पूर्वाधार विकासमा सहकार्य गर्ने तथा संघ र प्रदेश सरकार एवं राज्यका अन्य अंग र निकायहरुसँग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क, समन्वय र सहकार्य गर्ने ऐक्यबद्धता पनि जनाइएको छ । उनीहरुले काम गर्दा परेका अप्ठेराहरुको बारेमा पनि छलफल गरेका छन् । संम्पदा क्षेत्रका काम गर्दा सबै भन्दा बढि अप्ठेरो परेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।

सम्मेलनमा ६ वटा महागरका मयेर, ५ वटा महागरका उपमेयर, ५ वटा महानगरका प्रमुख प्रशासकिय अधिकृत सहभागी भएका थिए । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहभागी रहेको थिए । प्रत्येक वर्ष छुट्टाछट्टै महानगरल सम्मेलनका आयोजना गर्ने गरी २०८० मा भरतपुर महानगरपालिकाले गर्ने छ ।



Tags: ,