
तनहुँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध फाइल तस्बिर
पोखरा, १० साउन/ बर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा खण्ड अवरुद्ध भएको हो ।
सडकमाथिबाट खसेको पहिराका कारण खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ । पहिरो हटाएर एकतर्फी सञ्चालनको तयारी रहेका प्रहरीले जानकारी दिएको छ ।
पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुदै आएको छ ।