#पहिरो

कास्कीको घाचोकमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, एक जना घाइते

पोखरा, १४ साउन/ कास्कीको माछापुच्छ्रेमा गाउँपालिका–३ घाचोकमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । पहिरोमा शिक्षक सुरज मोहन पोखरेल घाइते भएको छन् । उनको मणिपाल अस्पतालमा उपचार हुदैछ । घाचोकको लस्तीखोलास्थित हेमजा– माछापुच्छ«े सडक खण्डमा विहान पहिरो खसेको थियो । पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । बंगुर फार्ममा दाना… पुरा पढौ

पर्वतमा एक घर पहिरोले पुरियो, दम्पत्ति बेपत्ता

गण्डकी प्रदेशमा पहिरोमा परेर १० जनाको मृत्यु
पर्वत, ४ साउन/ पर्वतको मोदी गाउँपालिका वडा नम्बर ३ देउरालीको लाङ्दीमा आएको पहिरोले एक घर पुरिदा दम्पत्ति पुरिएर बेपत्ता भएका छन् । छविलाल विश्वकर्माको एक तले घर पुरिँदा ७६ वर्षिय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमती विक पुरिएर बेपत्ता भएका छन् । उनीकी बुहारी ३२ वर्षिया पवित्रा विक भने घरवाट पहिरो झर्ने वित्तिकै भागेर बच्न सफल भएकी छन् । सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । अहिले वेपत्ता दम्पितिको… पुरा पढौ

बागलुङमा पहिरोमा परी ७ जनाको मृत्यु, ४ बेपत्ता, ११ जना घाइते

स्याङ्जामा पहिरोले घर बगाउदा आमा छोरीको मृत्यु
पोखरा, २२ साउन/ बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा २ जना गरी आठ जनाको मृत्यु गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी बरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । बडीगाड गाउँपालिका १० मा मंगलबार बिहान घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२÷१३ वर्षका अमन… पुरा पढौ

कास्कीमा पहिराले घर पुरिदा ११ जनाको निधन (यस्तै छ पहिरो गएको ठाउँ फोटो र भिडियो)

कास्कीमा पहिराले घर पुरिदा ११ जनाको निधन यस्तै छ पहिरो गएको ठाउँ फोटो र भिडियो
पोखरा २८, असार/ अविरल वर्षा पछि कास्कीमा पहिरो जादाँ ११ जनाको मृत्यु भएको छ । लामो समयका वर्षा पछि कास्कीमा कतै कटान भएको छ भने घरमाथीबाट आएको पहिरो जादाँ ११ जनाको ज्यान नै गएको छ । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एका घरका ७ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । गएराति १० बजेर १० मिनेटपछि कुल बहादुर परियारको घरमा पहिरो खसेको हो । मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार,… पुरा पढौ

पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु

पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु
पोखरा, २८ असार/ पोखरा महानगरपालिका पहिरोले घर पुरिदा ९ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौर ठाँटि निवासी कुलबहादुर परियारको घर पहिरोले पुरिदा ७ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरीदा घटना स्थलमै ७ जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधीका परियार रहेका छन् । मृत्यु हुनेमा कुलबहादुरकी श्रीमती आमा, छोरा छोरी र ज्वाइ रहेका छन्… पुरा पढौ

पोखरामा पहिरोले एक जनाको मृत्यु, दिपाङ्ग तालमा फसेकाको उद्धार

पोखरामा पहिरोले एक जनाको मृत्यु, दिपाङ्ग तालमा फसेकाको उद्धार
पोखरा, २६ असार/ पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । घरमाथीबाट आएको पहिरोले पुरिदा २२ बर्षीय भिमबहादुर थापाको मृत्यु भएको हो । मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घरमा घर माथीबाट आएको पहिरोले पुरेको थियो । भिमबहादुरकी आमा ५० बर्षीय कमला थापाको सकुसल उद्धार भएको छ । घर माथीबाट विहान ४ बजेतिर पहिरो आएको थियो । स्थानीय ईलाका प्रहरी कार्यालय शिसुवा र सशस्त्र प्रहरी बल नेपाल २४ नम्बर गण… पुरा पढौ

स्याङ्जामा पहिरोले घर बगाउदा आमा छोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर बगाउदा आमा छोरीको मृत्यु
पोखरा, १५ असार/ गएरातिको अबिरल वर्षाका कारण पहिराले घर बगाउदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका वडा नम्बर बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउदा आमा छोरीको मृत्यु भएको छ । ढुङगा माटो र टिनले छाएको १ तले घर करिब २०/२५ मिटर माथि बाट आएको पहिरोले घर र गोठ बगाएको छ । घरमा सुतिरहेकी ३१ बर्षीय दुर्गा जिटी र उनकी ३ बर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखरामा वर्षा, कतै घर पहिरोमा, कतै पुल धरापमा

पोखरामा वर्षा, कतै घर पहिरोमा, कतै पुल धरापमा
पोखरा, ३२ साउन/ पोखरा हिजो साँझ परेको वर्षाका कारण ठाउँमा ठाउँमा क्षति भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ ठुलाखेतमा पहिरो जाँदा घर र गोठ तथा वडा नम्बर २५ मा सुईखेत सेरामा पुल र बाटोमा क्षति पुगेको छ । ठुलाखेतको घुम्तीमा रहेको विष्णुप्रसाद पौडेलको डाँडाको घरको दुई वटा कोठा र गोठ पहिरोमा बगेको छ । घरको तलबाट पहिरो जादाँ घरका दुई वटा कोठा भत्किएका हुन् । राति करिब ११ पानी परेका बेला पहिरो गएको विष्णुप्रसाद पौडेलले बताए । https://www.youtube.com/watch?v=ydvGFb1o_BI&ab_channel=GandakiNews… पुरा पढौ

पोखराको ठुलाखेतमा पहिरो, घर र गोठ बग्यो

पोखराको ठुलाखेतमा पहिरो, घर र गोठ बग्यो
पोखरा, ३२ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा गएरातिको वर्षाका कारण पहिरो जाँदा घर र गोठ भत्कीएको छ । ठुलाखेतको घुम्तीमा रहेको विष्णुप्रसाद पौडेलको डाँडाको घरको दुई वटा कोठा र गोठ सहित बहिरो सगँ बगेका छन् । एउटा बेड रुप हो भने एउटा किचन हो । पहिरोका कारण बेड रुपमा भएका दराज, खाट र किचनमा भएका सबै भाँडा पहिरोमा परेको बलराम पौडेलले जानकारी दिए । पहिरोका कारण ठुलाखेतबाट घाटिछिना जाने सडक अवरुद्ध भएको पोखरा महानगरपालिका वडा नम्बर २३ का… पुरा पढौ

पोखरामा बर्षाः कतै घर बग्यो, कतै सडक भासियो, कतै डुवान

पोखरामा बर्षाः कतै घर बग्यो, कतै सडक भासियो, कतै डुवान
पोखरा, १४ साउन/ पोखरामा शनिबार राति परेको अविरल वर्षाले विभिन्न ठाउँमा प्रभाव पारेको छ । पोखरामा विगत २४ घण्टामा १ सय ६७ मिलिलिटर पानी परेको छ । वर्षाका कराण पोखरा १८ मिरुवामा २ घरमा क्षति पुगेको छ । स्थानीय माइकुमारी हमाल र सुन्दरश्याम अधिकारीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । अधिकारीको घरमा पूर्ण क्षति पुगेको छ । उनीहरुलाई राति नै सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकिएको छ । घरमा पहिरोमा परेर अधिकारी र हमाल सामान्य घाइते भएका छन् । त्यसै गरी… पुरा पढौ