स्याङ्जामा पहिरोले घर बगाउदा आमा छोरीको मृत्यु

-


     क्लिक गण्डकी     
     असार १६ गते २०८१ मा प्रकाशित


स्याङ्जामा पहिरोले घर बगाउदा आमा छोरीको मृत्यु

पहिरो

पोखरा, १५ असार/ गएरातिको अबिरल वर्षाका कारण पहिराले घर बगाउदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ ।

स्याङ्जा फेदीखोला गाउँपालिका वडा नम्बर बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउदा आमा छोरीको मृत्यु भएको छ ।

ढुङगा माटो र टिनले छाएको १ तले घर करिब २०/२५ मिटर माथि बाट आएको पहिरोले घर र गोठ बगाएको छ ।

घरमा सुतिरहेकी ३१ बर्षीय दुर्गा जिटी र उनकी ३ बर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



Tags: