
शव
पोखरा, १४ साउन/ कास्कीको माछापुच्छ्रेमा गाउँपालिका–३ घाचोकमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
पहिरोमा शिक्षक सुरज मोहन पोखरेल घाइते भएको छन् । उनको मणिपाल अस्पतालमा उपचार हुदैछ । घाचोकको लस्तीखोलास्थित हेमजा– माछापुच्छ«े सडक खण्डमा विहान पहिरो खसेको थियो ।
पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । बंगुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।
घटनामा परी घाचोककै शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन् । पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको थियो । घटनामा घाइते शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।





