पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     असार २९ गते २०८१ मा प्रकाशित


पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु

पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु

पोखरा, २८ असार/ पोखरा महानगरपालिका पहिरोले घर पुरिदा ९ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौर ठाँटि निवासी कुलबहादुर परियारको घर पहिरोले पुरिदा ७ जनाको मृत्यु भएको छ ।

पहिरोले घर पुरीदा घटना स्थलमै ७ जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधीका परियार रहेका छन् । मृत्यु हुनेमा कुलबहादुरकी श्रीमती आमा, छोरा छोरी र ज्वाइ रहेका छन् ।

दुई जना पवन परियार र कुमार परियारको सकुशल उद्दार भएको छ । त्यसै गरी पोखरा ३२ मा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।



Tags: