कास्कीमा पहिराले घर पुरिदा ११ जनाको निधन (यस्तै छ पहिरो गएको ठाउँ फोटो र भिडियो)

-


     क्लिक गण्डकी     
     असार २९ गते २०८१ मा प्रकाशित


कास्कीमा पहिराले घर पुरिदा ११ जनाको निधन यस्तै छ पहिरो गएको ठाउँ फोटो र भिडियो

कास्कीमा पहिराले घर पुरिदा ११ जनाको निधन यस्तै छ पहिरो गएको ठाउँ फोटो र भिडियो

पोखरा २८, असार/ अविरल वर्षा पछि कास्कीमा पहिरो जादाँ ११ जनाको मृत्यु भएको छ । लामो समयका वर्षा पछि कास्कीमा कतै कटान भएको छ भने घरमाथीबाट आएको पहिरो जादाँ ११ जनाको ज्यान नै गएको छ ।

अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एका घरका ७ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । गएराति १० बजेर १० मिनेटपछि कुल बहादुर परियारको घरमा पहिरो खसेको हो । मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीय लक्षीमा परियार, १५ वर्षीय प्रसना परियार छन् ।

माइत आएकी कुल बहादुरकी छोरी २० वर्षीय प्रभा परियार र ज्वाईँ २५ वर्षका अस्मित परियारको पनि मृत्यु भएको छ । घटनास्थलमा पोखरा–१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ कि राधिका परियारको पनि मृत्यु भएको छ । पहिरोमा परेर ३१ वर्षीय कुमार परियार र १७ वर्षका पवन परियार घाइते भएका छन् । पवन कुल बहादुरका छोरा हुन । उनी भागेर बाँच्न सफल भएको स्थानीयले बताए ।

यसैगरी पोखरा ३२ को चैनपुरमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । स्थानीय आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अनिता ओझा, ११ बर्षीय अनुस्का ओझा र ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको छ ।

यस्तै कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङ मृत्यु भएको छ । उनका छोराको सकुशल उद्धार भएको छ । मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम पछि आफ्न्तलाई बुझाएको छ । कास्कीमा असार महिनामा मात्रै विपद्बाट १३ जनाको मृत्यु भएको छ भने गण्डकी प्रदेशमा अहिले सम्म ४२ जनाले ज्यान गुमाएका छन् ।



Tags: