बागलुङमा पहिरोमा परी ७ जनाको मृत्यु, ४ बेपत्ता, ११ जना घाइते

-


     क्लिक गण्डकी     
     श्रावण २२ गते २०८१ मा प्रकाशित


स्याङ्जामा पहिरोले घर बगाउदा आमा छोरीको मृत्यु

पहिरो

पोखरा, २२ साउन/ बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।

वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा २ जना गरी आठ जनाको मृत्यु गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी बरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

बडीगाड गाउँपालिका १० मा मंगलबार बिहान घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२÷१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको उनले जानकारी दिए ।

यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ । वडा नम्बर १० का ७ बर्षीय मधु बुढा, १० बर्षीय मनोज बुढा, ३ बर्षीय आरुष थापा र ११ बर्षीय यमलाल विक बेपत्ता रहेको उनले बताए । पहिरोमा परी ११ जना घाइते भएको उनले जानकारी दिए ।

बागलुङ – पहिरो
मिति २०८१।०४।२२ गते अन्दाजी ११स्२० बजे जिल्ला बागलुङ बडिगाड गाउँपालिका(१० आरुपाट स्थित चोक बहादुर बुढाको कच्ची घर र गोठ माथिबाट पहिरो आई बगाएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङबाट प्रहरी टोली र स्थानिय जन प्रतिनिधिहरु समेतको टोली खटी गई उक्त पहिरोबाट मृत्यु तथा घाईते भएका निम्न मानिसहरुको उद्धार गरी अन्य बेपत्ता भएकाहरु खोजी कार्य भईरहेको, घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।
मृतकहरूस्(
१। जिल्ला बागलुङ बडिगाड गाउँपालिका(१० बस्ने बर्ष ७० की मोति देवी कामी ।
२। ऐ।बस्ने सिर्जना वि।क।को ६ महिना की छोरी सिता वि।क। ।
३। ऐ। बर्ष ०७ की मालती बुढा ।
४। ऐ। बस्ने बर्ष ०८ को अमल बुढा ।
५। ऐ। बस्ने बर्ष ११ की सिता पुन ।
घाइतेहरू स्(
१। जिल्ला बागलुङ बडिगाड गाउँपालिका(१० बस्ने बर्ष २६ को ओम प्रकाश पुन ९मध्यम० ।
२। ऐ। बस्ने बर्ष ४६ की संगिता बुढा ९ अवस्था मध्यम०
३। ऐ। बस्ने बर्ष २३ की सिर्जना वि।क। ९अवस्था मध्यम० ।
४। ऐ। बस्ने बर्ष ४३ को मंगल सेन बुढा ९अवस्था मध्यम० ।
५। ऐ। बस्ने बर्ष १९ की रिमा पुन ९अवस्था मध्यम० ।
६। ऐ। बस्ने बर्ष ६० की सुमित्रा वि।क। ९अवस्था सिरियस० ।
७। ऐ। बस्ने बर्ष ७८ को जोग बहादुर बुढा ९अवस्था सिरीयस० ।
८। ऐ। बस्ने बर्ष ५१ को ससिराम वि।क। ९अवस्था मध्यम० ।
९। ऐ। बस्ने बर्ष ०९ को ज्ञाने बुढा ९अवस्था मध्यम० ।
१०। ऐ। बस्ने बर्ष ३१ की सिता थापा ९अवस्था मध्यम० ।
११। ऐ। बस्ने बर्ष ५० की जैमती बुढा ९अवस्था सामान्य० ।
बेपत्ताहरु स्(
१। जिल्ला बागलुङ बडिगाड गाउँपालिका(१० बस्ने बर्ष ०७ की मधु बुढा ।
२। ऐ।बस्ने बर्ष १० को मनोज बुढा ।
३। ऐ।बस्ने बर्ष ०३ को आरुष थापा ।
४। ऐ।बस्ने बर्ष ११ को यमलाल वि।क।।

बाग्लुङ स् पहिरोमा पुरी मानिस मृत्यु

मिति २०८१।०४।२२ गते अन्दाजी १३स्३० बजेको समयमा जिल्ला बागलुङ वडिगाड गाँउपालिका(९ दर्लिङ काभ्राखर्क स्थतिमा सोहि स्थान बस्ने बर्ष २४ को गंगा बस्नेतलाई घर नजिकै गोरेटो बाटोमा हिड्ने क्रममा माथिबाट पहिरो आई पुरी घटनास्थलमानै मृत्यु भएको भन्ने खबर प्राप्त भएको हुनासाथ घटनास्थलमा प्रहरी टोली खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।
साथै मिति २०८१।०४।२२ गते अन्दाजी १०स्०५ बजे जिल्ला बागलुङ वडिगाड गाउँपालिका(९ बलघाँस स्थितमा सोहि स्थानमा बस्ने बर्ष १५ को विदान परियार आफ्नै घर पछाडी माथिबाट पहिरो आई उक्त पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमगिठेबाट प्रहरी टोली खटिई गई स्थानियको सहयोगमा सोहि दिन १०स्३५ बजे घटनास्थलबाट शव निकालिएको, घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।



Tags: