रुपाताल माथि झोलुङ्गे पुल तस्बिरः दामोदर भत्त थापाको फेसबुकबाट
पोखरा, ११ साउन/ पर्यटकीयलाई तान्न रुपाताल माथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
महानगरपालिका वडा नम्बर–३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को सिमलटुँडा जोड्ने गरेर पुल निर्माण भएको हो । पुल निमार्ण पछि रुपा ६ का बासिन्दालाई आउजाउ गर्न सहज हुने छ । पुनल पुलको गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले उद्घाटन गरे ।
भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार बनेको हो । पुलको लम्बाई २ सय ६९ र चौडाईं एक मिटर रहेको पूर्वाधार विकास कार्यालय कास्कीका ईञ्जिनियर हरी थापाले जानकारी दिए । पुलको निर्माण एम/एस तेज जगदम्बा रुजान जेभी कम्पनीले गरेको हो ।
पुल निर्माणसँगै पर्यटकीय गतिविधि बढेको छ । आन्तरिक पर्यटकहरु टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानियले बताए । पुल निर्माण भएपनि त्यहाँ पुग्न कच्ची बाटो हिंड्नुपर्ने बाध्यता छ ।
बाटोपनि चाँडै बन्ने प्रदेश सांसद दीपक कोईरालाले बताए । बाटोका लागि प्रदेश सरकारले ७५ लाख विनियोजन गरिसकेको उनले बताए । पुल निर्माणबाट बचत भएको १५ लाख पनि बाटो निर्माणमै खर्चिने भएका छ ।