पोखरा, १४ साउन/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अनुसार गण्डकी प्रदेशमा ४ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । पछिल्लो समाचार अनुसार कास्कीबाट दुई र लम्जुङबाट दुई जना विद्यार्थीले ४ जीपिए ल्याएका हुन् ।
कास्कीको पोखरा ७ मासबारमा रहेको डिज्निल्याण्ड एकेडेमीकी रितिका न्यौपाने, कास्की लुम्लेको बालमन्दिर माविका अभिषेक न्यौपानेले ४ जीपीए ल्याएका हुन् ।
अर्धसरकारी यस विद्यालयमा कक्षा ५ बाट पढ्दै आएका स्याङजा घर भएका न्यौपानले ४ जीपीए ल्याएका हुन् । काठमाडौंको बुढानिलकण्ठ विद्यालयले छनौट गरी पठाएका १० मध्ये एक विद्यार्थी रहेको बालमन्दिर मावि अन्नपुर्ण गाउँपालिका ३ लुम्लेका प्रधानध्यापक सुरेश देवकोटाले जानकारी दिए ।
डिज्निल्याण्ड एकेडेमीकी रितिका पोखरेल कक्षा १ बाट सोही विद्यालयमा पढ्दै आएकी थिइन् । शिक्षकको लगनशीलता, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगका कारण राम्रो नतिजा प्राप्त गर्न सकेको डिज्निल्याण्ड एकेडेमीका प्रिन्सिपल नरेश बरालले बताए ।
लमजुङको बेंसीसहर नगरपालिका ७ मा रहेका युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङ्दी गाउँपालिका ३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका प्रमीश कतिलाले ४ जीपीए ल्याएका हुन् । यस वर्ष देशभरबाट ४२ जनाले मात्रै ४ जिपिए ल्याएका छन् ।
यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।
यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए । गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए ।
गण्डकीबाट ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ७ सय ८४ जना रहेका छन् । त्यसै गरी त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ३ हजार ५ सय १, २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ७ हजार ८७, २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या १० हजार १ सय ८, १२ हजार १ सय २६ ८ हजार ७ सय ७८ रहेका छन् ।
त्यस्तै गरी १.२ देखि २ ल्याउनेको संख्या २ हजार ३ सय २५, जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या १ सय ३३ रहेको छ । गण्डकीबाट ४६ हजार १ सय २९ विद्यार्थी परिक्षमा सहभागी भएका थिए ।