पोखराको भाइरल रोड हेम्जामा एक वर्षमा ९ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण २२ गते २०७९ मा प्रकाशित


सवारीको गति मापन यन्त्र ( Radar Gun ) प्रयोग सहित ट्राफिकले चेकजांच

सवारीको गति मापन यन्त्र ( Radar Gun ) प्रयोग सहित ट्राफिकले चेकजांच

पोखरा, २२ साउन/ पोखरा २५ हेम्जाको भाइरल रोडमा गत आर्थिक वर्षमा दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । भूपिशेरचन राजमार्ग अन्तरगत हेम्जा सडक खण्डमा एक वर्षको अवधिमा दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रकाश शाहकाले जानकारी दिए ।

तिब्र गतिबाट सवारी साधन चलाउदा दुर्घटना भएको उनले जानकारी दिए । सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको यो संख्यात्मक आंकडालाई मध्यनजर गरी सवारीको गति मापन यन्त्र ( Radar Gun ) प्रयोग सहित ट्राफिकले चेकजांच शुरु गरेको छ ।

शुक्रबार साना ठुला गरी ४० वटा सवारी साधनहरुले तिब्रगतीमा सवारी चलाई दुर्घटना जोखीम बढाएको पाईएको सवारी चालकहरुलाई तिब्र गतिमा सवारीे चलाए वापत आवश्यक जरिवाना सहित सम्झाई बुझाई गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले तिब्रगतीमा सवारी साधन नचलाऔ दुर्घटना हुन सक्छ, दुर्घटनाको पिडा निकै मर्मस्पर्सी हुन्छ भन्ने नाराका साथ सबैलाई सचेत हुन अनुरोध गरेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत विस्तार भएपछि पोखरा महानगरपालिका–२५ हेम्जाको सडक खण्ड गतवर्ष कात्तिकबाट सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सीधा र फराकिलो सडकमा चालकले तीव्र गतिमा गाडी कुदाउने गर्दा दुर्घटना हुने गरेको प्रहरीको भनाई छ ।



Tags: ,