नेपालमामा ५.३ म्याग्निच्युडको भूकम्प

-


     क्लिक गण्डकी     
     श्रावण २१ गते २०७९ मा प्रकाशित


भूकम्प

भूकम्प

पोखरा, २१ साउन/ नेपालमा शनिबार विहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

बिहान ५ः२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौंमा समेत महसुस भएको थियो । यसअघि साउन १५ गते बिहान ८ः१३ बजे खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

२०७२ सालमा गोरखा केन्द्रविन्दु बताएर भूक्म्प गएपछि बेला बेलामा पराकम्पनहरु गइरहे पनि पछिल्लो समय नयाँ कम्पनहरु भएका छन् ।



Tags: