पोखरामा एटिएम मेसिन फोरी चोरी गर्न खोज्ने एक जना पक्राउ
पोखरा, २२ साउन/ पोखरा १७ बिरौटामा रहेको एनआइसि एसिया बैंकको एटिएम मेशिन फोर्दै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
एटिएम मेशिन फोर्दै गरेको सुचना पाएपछि प्रहरीले एटिएम फोर्दै गरेको अवस्थामा पर्वत कुश्मा नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २३ का कृष्ण बहादुर बिकलाई पक्राउ गरेको हो ।
विकलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थपगरी थप अनुसन्धान गरीरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । विक यस भन्दा अगाडी माछापूच्छ्रे बैकको एटिएम मेशिन फोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।
विकलाई चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट माग भए बमोजिमको १ लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागी थुनामा गएकोमा पछि अदालतबाट मुद्दा फैसला हुँदा तोकिएको कैद भुक्तानी गरी छुटेको तिवारीले जानकारी दिए ।
पोखरा केही दिन अगाडी एनआइसी एशिया बैंक एटिएममा यस्तो फोर्दै गरेरको आरोपमा एक जना पक्राउ परेका थिए । त्यसै गरी एनएमवि बैंक लेखनाथको एटिएम फोरेर करिब १५ लाख रुपैया चोरी भएको थियो । सो चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।