पोखरामा भारी वर्षा, ठाउँ ठाउँमा पहिरो र डुवान, एक मृत्यु दुई घाइते

-


     क्लिक गण्डकी     
     श्रावण १६ गते २०७९ मा प्रकाशित


पोखरामा भारी वर्षा, ठाउँ ठाउँमा पहिरो र डुवान, एक मृत्यु दुई घाइते

वर्षा

पोखरा, १६ साउन/ पोखरा लगायतका क्षेत्रमा भारी वर्षा भएको छ । आइतबार साँझदेखी सोमबार बिहान सम्म वर्षा भइरहेको छ । वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुवान भएको छ । पोखरा ६ डिहिकोपाटनमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति परेको अविरल वर्षा पछि घर माथीबाट आएको पहिराले एकतले टिनको छानो भएको घर पुरिदा सन्तोष सुनारको मृत्यु भएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाई हुन् ।

सुनिताको पोखराका गण्डकी मेडिकल केलजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए । सुनितको अवस्था मध्ये रहेको र सिमन सामान्य घाइते भएकी छन् । राती १ बजे तिर भएको घटनामा प्रहरीले उनीहरुलाई माटो फालेर निकालेको थियो ।

त्यसै गरी पोखरा–२१ को नाउडिमा पहिरो गई सडक अबरूद्व भयको छ । जसको कारण आवात जावतमा कठिनाई भएको स्थानीय पिडि सिग्देलले सामाजीक सञ्जालतमा फोटो पोस्ट लेखेका छन् । पहिरोका कारण बिहान चल्ने नगरबस, क्यापस जाने विद्यार्थी, दूध किसान, कुखुरापालक किसान साथै अन्यलाई समस्या भयको उल्लेख गरेका छन् ।

त्यसैगरी पोखरा पोखरा १३ भद्रकाली, काहुँखोला, पोखरा २६ विजयपुर लगाएतका ठाउँमा डुवान भएको प्रहरीले जानकारी दिएको छ । कतिपय ठाउँमा प्रहरी राती नै पुगेर खुलाउन सम्भव भएका ठाउँमा नाला खुलाएको डिसपी तिवारीले बताए ।

पोखरामा एक घण्टाको रेकर्डमा पोखराको लामापाटन क्षेत्रमा सबै भन्दा बढी वर्षा भएको छ । उक्त क्षेत्रमा २.६ मिलिलिटर वर्षा भएको मापन गरिएको जल तथा मौषम विभागले जनाएको छ।

३ घण्टाअघिको वर्षा मापनमा पोखराको लामापाटन क्षेत्रमा सबै भन्दा बढी वर्षा भएको छ । त्यहाँ ५०.४ मिलिलिटर वर्षा भएको मापन गरिएको छ । गत २४ घण्टामा लामापाटनमा सबैभन्दा बढी २९८.२ मिलिलिटर पानी परेको छ ।



Tags: ,